×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फ्रान्समा वामपन्थीको उदय,अब मिलीजुली सरकार

२५ असार २०८१

२४ असार , एजेन्सी ।

फ्रान्सको संसदीय चुनावको दोस्रो चरणमा आइतबार भएको निर्वाचनमा आम अपेक्षा विपरीत वामपन्थी समूह सबैभन्दा अघि देखिएको छ । पहिलो चरणको निर्वाचनमा घोर दक्षिणपन्थी अघि थियो । तर दोस्रो चरणमा भने वामपन्थी दलहरुको गठबन्धन द न्यू पपुलर फ्रन्ट जित उन्मुख देखिएको छ । मतगणनाको प्रारम्भिक रुझानमा उक्त गठबन्धन पहिलो नम्बरमा रहने देखिएको हो ।

कुनै पनि दल वा गठबन्धनले बहुमत ल्याउन नसक्ने आंकलन गरिएको निर्वाचनमा न्यू पपुलर फ्रन्ट शीर्ष स्थानमा रहँदै सरकारको नेतृत्व गर्ने पक्का देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो गठबन्धन पहिलो चरणको मतदानमा दोस्रो स्थानमा थियो । मतगणना सुरु हुनुअघि सार्वजनिक भएका एक्जिट पोलहरुले नेशनल एसेम्बलीमा वामपन्थी गठबन्धनले १७२ देखि १९२, म्याक्रोको पार्टीले १५० देखि १७० तथा नेशनल ¥यालीले १३२ देखि १५२ सिटसम्म जित्ने अनुमान गरेका छन् ।

५ सय ७७ सदस्यीय नेशनल एसम्बलीमा बहुमतका लागि २ सय ८९ सिट ल्याउनुपर्छ । अहिलेसम्मको नतिजामा वामपन्थी समूह न्यू पपुलर फ्रन्ट १८२ सिटका साथ सबैभन्दा अघि देखिएको छ । दोस्रोमा राष्ट्रपति इम्यानुएल म्याक्रोको मध्यमार्गी गठबन्धन एनसेम्बल अलाइन्सले १६८ सिटका साथ प्रतिस्पर्धामा देखिएको छ । पहिलो चरणमा सबैभन्दा अघि देखिएको नेसनल र्याली १४३ सिटका साथ तेस्रो स्थानमा पुगेको छ ।

वाम गठबन्धन अग्रस्थानमा देखिएसँगै नेता ज्याँ ल्यूक मेलेशोले आफ्नो नेतृत्वमा सरकार बने प्यालेस्टाइनलाई देशको मान्यता दिने घोषणा गरेका छन् । पछिल्लोपटक वाम पार्टीहरुले निर्वाचन जितेसँगै स्पेन, नर्वे, आयारल्याण्ड र स्लोभेनियाले प्यालेस्टाइनलाई देशको मान्यता दिएका छन् । यसैबीच वाम गठबन्धन जिततर्फ उन्मुख देखिएपछि राजधानी पेरिसमा केही हिंस्रक घटनाहरु भएका छन् । प्रतिक्षालयमा तोडफोड तथा सार्वजनिक सम्पत्तिमा हानी पु¥याउने घटनाहरु भएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top