×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

फ्रान्सेली सामान बहिष्कारको माग गर्दै बङ्गलादेशमा हजाराैँकाे प्रदर्शन

१२ कार्तिक २०७७

१२ कात्तिक, एजेन्सी ।

बङ्गलादेशको राजधानी ढाकामा फ्रान्सको सामान बहिष्कारको माग गर्दै दशौँ हजार मानिसले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँको पुतला जलाएकाे बीबीसीले जनाएको छ ।

इस्लामिक अतिवादविरुद्ध फ्रान्सले लिएको कडा नीतिको विरोधमा बङ्गलादेशमा विरोध प्रदर्शन भएको हो । प्रहरीकाे अनुमानअनुसार फ्रान्सविरुद्धकाे विराेधमा झण्डै ४० हजार मानिसहरु सहभागी थिए । याे कार्यक्रमकाे आयाेजना इस्लामी आन्दाेलन बङ्गलादेशले गरेकाे हाे । याे बङ्गलादेशकाे ठूलाे इस्लामिक पार्टीमध्ये एक हाे ।

प्रदर्शनकारीहरुले फ्रान्सेली सामान बहिष्कारकाे नारा लगाइरहेका थिए र राष्ट्रपति म्याक्राेँलाई सजाय दिन माग गरिरहेका थिए ।

दुईसाता अघि फ्रान्सको एउटा विद्यालयका एकजना शिक्षकले इस्लाम धर्मगुरु पैगम्बर माेहम्मदलाई लिएर छापिएकाे एक कार्टुनकाे नक्कल गरेपछि उनको हत्या भएको थियो। घटनालगत्तै फ्रान्सका केही भवनहरुमा पैगम्बर मोहम्मदको अपमानजनक तस्बिर र चित्रहरु बनाइएपछि फ्रान्सलाइ धर्मविरुद्ध गतिविधिमा कडाइ गर्न इस्लाम धर्म समर्थकहरुले दबाब दिएका हुन । तर राष्ट्रपति म्याक्रोंले बुधबार पैगम्बर मोहम्मदको अपमानजनक कार्टुन प्रकाशित गर्न रोक्नु ,अभिव्यक्ति स्वतन्त्रता बिरुद्ध हुने बताएपछि उनीविरुद्ध अरब लगायत मुस्लिम बाहुल्य देशमा विरोध प्रदर्शन भएकाे हाे ।

गएकाे सोमबार टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दाेआनले पनि फ्रान्सका सामान बहिष्कार गर्न आफ्ना नागरिकलाई आह्वान गरेका थिए । त्यसपछि युरोपेली देशका सरकारले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँको समर्थन गर्दै टर्कीका राष्ट्रपति अर्दाेआनको आलोचना गरेका थिए ।

इस्लाम धर्मगुरुको अपमान गरिएको भन्दै पाकिस्तान, बंगलादेश, प्यालेस्टाइन , सिरिया इजिप्ट लगायतका अरव तथा इस्लाम धर्म बाहुल्य देशहरुमा व्यापक प्रदर्शन भइरहेकाे छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top