×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फ्लोयडको अन्त्येष्टिमा सहभागीले भने-“उहाँ विश्वलाई नै परिवर्तन गर्ने प्रेरणा हो”

२८ जेष्ठ २०७७

२८ जेठ, होस्टन।

अमेरिकामा हत्या गरिएका अश्वेत नागरिक जर्ज फ्लोयडको मङ्गलबार अन्त्येष्टि गरिएको छ । उनका इष्टमित्र, छिमेकी र समर्थकहरूले अन्त्येष्टि समारोहमा उहाँलाई “महान फ्लोयड” भन्दै स्मरण गरेका थिए ।

एक जना श्वेत प्रहरीले अश्वेत फ्लोएडलाई घाँटी थिचेर हत्या गरेको देखाउने भिडियो सार्वजनिक भएकाले उनको हत्या भएको दाबी गरिएको छ । ह्युस्टन चर्चमा भएको अन्त्येष्टि समारोहमा झण्डै पाँच सय जना शुभेच्छुक तथा इष्टमित्रहरू सहभागी भएका थिए । उनीहरू सबैले कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिनका लागि मुखमा मास्क लगाएका थिए ।

हत्या भएको झण्डै दुई हप्तापछि उनको अन्त्येष्टि भएको हो । उनको हत्या भएको र अमेरिकामा अश्वेत नागरिकहरूलाई यस्तै अन्याय पटकपटक हुने गरेको भन्दै आन्दोलन भएको थियो । उनीहरूले यस्ता घटना फेरि दोहोरिन नदिन र फ्लोयडलाई न्याय दिन माग गरेका थिए ।

फ्लोयडको हत्याको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरूले अहिलेको आन्दोलनले विश्वव्यापी रुप लिएको र आगामी दिनमा यस्ता घटना हुन नदिन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । अन्त्येष्टिमा सहभागीहरूको भनाइ थियो, उनको हत्याकाे विरुद्धमा भएको आन्दोलनले यस्ता घटना न्यूनीकरणका लागि सहयोग गर्ने विश्वास गर्न सकिन्छ ।

उनीहरूले ४६ वर्षीय फ्लोएड हत्याकाण्ड र त्यसपछिको आन्दोलनले विश्वलाई नै परिवर्तन गर्ने र प्रेरणाको श्रोत हुने पनि बताएका छन् । उनको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा हिरासतमा रहेको बेला निधन भएको थियो । उनको हत्या सम्बन्धी भिडियोमा उनलाई आठ मिनेट ४६ सेकेण्डसम्म घाटी थिचिएको देखाइएको छ ।

घाटी थिचिरहँदा आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै छट्पटाई रहेको भिडियोले आन्दोलनकारीलाई थप आन्दोलित बनाएको उनका समर्थकहरूको भनाइ छ ।अमेरिकाबाहेक अन्य धेरै देशमा उहाँको हत्याका विरुद्धमा आन्दोलन भएको थियो भने अमेरिकामा मात्रै दर्जनभन्दा बढी मानिसको यही आन्दोलनका क्रममा मृत्यु भएको छ ।

आन्दोलन चर्किएकाले अमेरिकाका ४० भन्दा बढी सहरमा कर्फ्यु लगाउनुपरेको थियो । प्रदर्शनकारीले कर्फ्युसमेत तोडेर प्रदर्शन गरेका थिए । प्रहरी र प्रदर्शनकारीका बीचमा भएको झडपका क्रममा दर्जनौँ घाइते भएका थिए भने सयौँ गिरफ्तार भएका थिए ।रासस / एपी

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top