×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बँदेल सिकार गर्ने पूर्वडिआइजीसहित १० जना पक्राउ

१३ भाद्र २०८१

१३ भदौ , काठमाण्डौ।

सप्तरीमा जंगली बँदेल मारेको आरोपमा पूर्वडिआइजी, बहालवाला सईसहित १० जना पक्राउ परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदह योगीनायाँ कोशी पलार क्षेत्रमा जंगली बँदेल मारेको आरोपमा बुधबार राति २ बजे उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका –२ घर भएका नेपाल प्रहरीका पूर्वडिआईजी ज्ञानविक्रम शाह ,विराटनगर ३ घर भएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने र हनुमाननगर कंकालिनी नगरपालिका ८ घर भएका पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव रहेको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।

यस्तै ,इटहरी २ का प्रदीप लिम्बु, राजविराज ७ का रविन दास, तिरहुत–२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी २ का जर्नादन राउतलाई समेत पक्राउ गरिएको छ। यसैगरी हनुमाननगर कंकालनी नगरपालिका–५ का ओमशंकर प्रसैला, वडा नं १ का लक्ष्मण मण्डल, वडा नम्बर ३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरिएको छ।

डिएसपी न्यौपानेका अनुसार प्रहरीले उनीहरुको साथवाट २२ क्यालीबरको राइफल एउटा, म्यागजिन दुई, १५ राउण्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक पनि बरामद गरेको छ ।

यस्तै मारिएको बँदेल लोड गरिएको को २ त ६९ नम्बरको ट्रयाक्टर र प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी न्यौपाने बताए। मन्त्रिपरिषद्ले ७ मंसिर ०८० मा हानिकारक वन्यजन्तु भनेर बँदेललाई घोषणा गरेको थियो ।

जसअनुसार बाली खान आएको वेला खेतबारीमै मार्न सकिने, तर मारेको बँदेल जनप्रतिनिधिको रोहवरमा गाड्न वा मूल्य तोकी मासु बिक्री–वितरण गर्नसमेत सकिने व्यवस्था छ । बुधबार राती पक्राउ परेकाहरुले भने खेतबारीमा बाली खान आएका बेला बँदेल मारेको बताएका छन् ।

जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानि–नोक्सानी पु¥याएमा किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा मार्न पनि पाउनेछन् ।

जंगली बँदेललाई पक्रिएको खण्डमा सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्षण, सिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन कार्यालयमा बुझाउनुपर्ने र उक्त सूचना स्थानीय वडा कार्यालयमा समेत दिनुपर्ने राजपत्रमा उल्लेख गरिएको छ ।

बँदेललाई धपाउने वा लखेट्ने क्रममा मृत्यु भएमा सम्बन्धित वडाको एकजना प्रतिनिधिसहित कम्तीमा पाँचजना स्थानीय व्यक्तिको रोहबरमा मुचुल्का खडागरी गाड्न वा तौलका आधारमा मूल्य तोकी उक्त रकम राजस्वमा दाखिला गर्न सकिने उल्लेख छ ।

यसबारे वन्यजन्तु आरक्ष कार्यालय, सिकार आरक्ष, डिभिजन वन कार्यालयमा जानकारी दिनुपर्ने उल्लेख छ । मारिएको बँदेल वन्यजस्तुलगायत कार्यालयले प्रत्येक महिना नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा सम्बन्धित प्रदेश सरकारको सम्बन्धित मन्त्रालयमा बुझाउनुपर्ने उल्लेख छ ।

तर, राजपत्रमा उल्लेख भएअनुसार राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा जंगली बँदेललाई धपाउन, लखेट्न, पक्रन वा मार्न पाइनेछैन्  ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top