×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बंगलादेशमा हड्ताल र बहिष्कारबीच आज चुनाव, सडक भरी सेना

२२ पुष २०८०

२२ पुष, एजेन्सी ।
बंगलादेशमा आम निर्वाचनअन्तर्गत आज मतदान भइरहेको छ। देशको नेशनल एसेम्बलीका लागि ३०० क्षेत्रमध्ये आइतबार २९९ क्षेत्रमा मतदान भइरहेको छ। १ जना उम्मेदवारको मृत्युका कारण नौगाउँ–२ क्षेत्रको मतदान स्थगित भएको छ। प्रधानमन्त्री शेख हसिना नेतृत्वको सत्तारुढ आवामी लिग पार्टीले चौथोपटक जित दर्ता गर्ने सम्भावना छ।

अर्कोतर्फ देशको मुख्य विपक्षी दल बंगलादेश नेशलिस्ट पार्टी (बीएनपी) र उसको विचारधारासँग सहमति राख्ने अन्य दलहरुले निर्वाचन बहिस्कार गरेका छन्। विपक्षी दलहरुले चुनावको दिन हड्तालका लागि अपिल गरेका छन्। बीएनपीका समर्थकहरुले आइतबार बिहानैदेखि केही ठाउँमा हड्ताल गरेका पनि छन्।

यस्तो अवस्थामा निर्वाचनका लागि ७२ जिल्लामा सेना परिचालन गरिएको छ । प्रधानमन्त्री शेख हसिनाले केही समय अगाडि ढाकाको सिटी कलेज मतदान केन्द्रमा गएर मतदान गरेकी छन्। उनी गोपालगन्ज–३ बाट चुनावी मैदानमा छन्। आफूले मतदान गरेपछि प्रधानमन्त्री शेख हसिनाले सबै मतदातालाई मतदान केन्द्रमा गएर मतदान गर्न अपिल गरेकी छन्।

मुख्य विपक्षी दल बीएनपीले चुनाव बहिस्कार गरेको विषयबारे प्रधानमन्त्री हसिनाले पत्रकारहरुसँग भनिन्, ‘म कसलाई आफ्नो स्वीकार्यता साबित गरुँ, आतंकवादी संगठनलाई? यो आवश्यक छैन। म जनताको अगाडि यसलाई साबित गर्न चाहन्छु। हेरौं जनताले यसलाई स्वीकार गर्छन् या गर्दैनन्।’ यसपटक मतदाताको कुल संख्या ११ करोड ९३ लाख छ।

यसपटकको चुनावमा २७ राजनीतिक दलका कुल १ हजार ९६९ उम्मेदवार चुनावी मैदानमा छन्। प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले प्रधानमन्त्री शेख हसिनाको ‘अवैध सरकार’को राजीनामाको माग गर्दै शनिवारदेखि ४८ घण्टे देशव्यापी ‘आमहड्ताल’ को आह्वान गरेको छ ।पूर्वप्रधानमन्त्री खालिदा जियाको नेतृत्वको बीएनपीले आमनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।

पार्टीले निर्वाचनको पर्यवेक्षणका लागि अन्तरिम गैर–दलीय तटस्थ सरकार गठनको वकालत गरिरहेपनि प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले त्यसलाई अस्वीकार गरेको थियो । विपक्षी दलले सरकारको राजीनामा, अक्टोबरको अन्त्यदेखि पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाई र पार्टी प्रमुख खालिदा जियाको बिनाशर्त रिहाइको माग गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top