×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

९ पुष , काठमाण्डौ।

बंगलादेशको राजधानी ढाकाको हजरत शाहजलाल इंटरनेशनल एयरपोर्टले बुधवार साँझ ६ बजेदेखि विहीबार साँझ ६ बजेसम्म नन–प्यासेन्जर्सका लागि भिजिटर्समा प्रतिबन्ध लगाएको छ ।

यतिमात्रै होइन बंगलादेशमा जर्मनीको दूतावासले भनेको छ कि २४ र २५ डिसेम्बरमा दूतावास बन्द रहनेछ । बंगलादेशमा अमेरिकी दूतावासबाट पनि २५ डिसेम्बरका लागि एक एडभाइजरी जारी भएको छ ।

र आफ्ना नागरिकहरुलाई बिना कारण ढाका एयरपोर्ट र त्यसतर्फ जाने सडकहरुमा नजान, र गएपनि यात्राका क्रममा सतर्कता अपनाउन अनुरोध गरेको छ । दूतावासले अमेरिकी नागरिकलाई आफ्नो फ्लाइट टिकट र पासपोर्ट पनि प्रहरीलाई देखाउनका लागि तैयार अवस्थामा राख्न सुझाएको छ ।

रिपोर्टका अनुसार, बिमान बंगलादेशका प्रवक्ता कौसर महमूदले मंगलवार एयरपोर्ट केही समयका लागि बन्द गर्न लागिएको पुष्टि गरेका छन् । र प्यासेन्जर सेवाहरु र एयरपोर्टमा अनुशासन कायम राख्नका लागि अपरेशनल र सुरक्षा कारणहरुलाई उदृत गरेका छन् ।

उनले जनता र संबंधित पक्षहरुलाई सहयोग गर्न पनि आग्रह गरेका छन् । बिमान बंगलादेश एयरलाइंसका अधिकारीहरुले सोमवार तारिक रहमानको फ्लाइटका लागि सुरक्षा र भीआईपी व्यवस्थाहरुको समीक्षाका लागि विभिन्न एजेंसिहरुका प्रतिनिधिहरुसंग एक बैठक पनि गरेका थिए ।

यो फैसला बीएनपीका कार्यकारी चेयरम्यान तारिक रहमान लण्डनबाट फर्किनुअघि लिइएको हो । उनी बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा हुन् । उनी १७ वर्षपछि डिसेम्बर २५ मा बंगलादेश फर्कँदैछन् ।

सरकारले उनको फिर्तीसम्म एयरपोर्ट क्षेत्रमा इंट्रीलाई सीमित गर्दै अधिकतम सुरक्षा उपाय लागू गर्ने बताएको छ । भ्यालिड टिकट र पासपोर्ट भएका प्यासेंजर्सलाई मात्रै भित्र जान दिइनेछ । यद्यपि, तारिक रहमानको स्वागत गर्नेे बीएनपी सदस्यहरुलाई भने इंट्रीको अनुमति हुनेछ ।

तारिक रहमानले पनि अनुरोध गरेका छन् कि उनको आगमनले कोही पनि प्यासेंजरले हैरानी खेप्न नपरोस् । सुरक्षा व्यवस्था उनलाई लग्ने फ्लाइटबाटै शुरू हुनेछ । ल्याडिंगपछि कानून प्रवर्तन र गुप्तचर एजेंसिहरुले उनको चौतर्फी एक कडा सुरक्षा घेरा बनाउनेछन् ।

तारिक रहमान र उनको परिवार बुधवार साँझ लण्डनको हीथ्रो एयरपोर्टबाट बिमान बंगलादेश एयरलाइंसको फ्लाइट बीजी २०२ बाट ढाकाका लागि उडान भर्नेछन् । सुरक्षा प्रोटोकल अन्तर्गत, फ्लाइटका लागि पहिलादेखि नै तय भएका दुई क्याबिन क्रूलाई पनि हटाइएको छ ।

डिसेम्बर १६ मा रहमानले लन्डनमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) को कार्यक्रममा घोषणा गरेका थिए, ’म २०२६ मा हुने राष्ट्रिय चुनावलाई ध्यानमा राख्दै घर फर्किँदै छु ।’ उनी अध्यक्ष पनि हुन् ।

उनको पुनरागमन यस्तो समयमा हुन लागेको हो, जब देश फेब्रुअरीमा चुनावको लागि अग्रसर भइरहेको छ र राजनीतिक अस्थिरता, जारी हिंसा र अन्तरिम सरकारको भूमिकामाथिको विवादसँग जुधिरहेको छ ।

यसैबीच तारिक रहमानकी आमा ८० वर्षीया खालिदा जिया धेरै दिनदेखि बिरामी छिन् र ढाकाको अस्पतालमा भर्ना छिन् । उनको अवस्था अझै पनि गम्भीर छ । बंगलादेशको राजनीतिको ’डार्क प्रिन्स’ भनेर चिनिने तारिक रहमान पूर्व राष्ट्रपति जिया–उर–रहमान र पूर्व प्रधानमन्त्री खालिदा जियाका तीन सन्तानमध्ये जेठा हुन् ।

यति ठूलो राजनीतिक परिवारबाट आएका तारिक रहमान धेरै पहिले नै बीएनपीको मुख्य अनुहार बनिसकेका थिए । २० नोभेम्बर १९६५ मा जन्मिएका तारिक रहमानले कार्यकारी अध्यक्ष बन्नुअघि पार्टीमा वरिष्ठ उपाध्यक्ष र वरिष्ठ सहसचिव जस्ता महत्वपूर्ण पदहरूमा काम गरेका थिए ।

सन् १९७१ मा पाकिस्तानबाट बंगलादेश मुक्ति युद्धको क्रममा तारिक रहमान, उनकी आमा खालिदा जिया र उनका भाइलाई परिवारका अन्य सदस्यहरूसँगै पक्राउ गरिएको थियो । बीएनपीले तारिक रहमानलाई बंगलादेशको स्वतन्त्रताको सबैभन्दा कान्छो युद्धबन्दीको रूपमा वर्णन गर्दछ ।

तारिक रहमानले आफ्नो प्रारम्भिक शिक्षा ढाकाको बीएएफ शाहीन कलेजबाट पूरा गरेका थिए । त्यसपछि उनले १९८० को दशकमा ढाका विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन गरे । समय बित्दै जाँदा तारिक रहमान आफ्नी आमासँगै राजनीतिक गतिविधिहरूमा बढ्दो रूपमा संलग्न भए ।

उनी तत्कालीन सरकारहरू विरुद्ध सडकमा उत्रिए र सन् १९८८ मा बीएनपीको साधारण सदस्य बने । उनले त्यतिबेला तल्लो तहका कार्यकर्ता र समर्थकहरूलाई परिचालन गरे र एच.एम. एर्शादको सरकार ढाल्न महत्वपूर्ण भूमिका खेले ।

सन् १९९१ मा जब खालिदा जिया बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनिन्, तारिक रहमानले देशभर उनको चुनावी अभियान सम्हालेका थिए । सन् १९९३ मा तारिक रहमानले बंगलादेश नौसेनाका पूर्व प्रमुख महबुब अली खानकी छोरी डा. जुबैदा रहमानसँग विवाह गरे ।

अब विगत १७ वर्षदेखि रहमान लन्डनमा निर्वासनमा बस्दै आएका थिए । अगस्ट २००४ मा ढाकामा अवामी लिगको ¥यालीमा ग्रेनेड आक्रमण भएको थियो, जसमा २४ जनाको मृत्यु भएको थियो र १०० भन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएका थिए ।

पूर्व प्रधानमन्त्री शेख हसिना पनि यस आक्रमणबाट मुस्किलले बाँचेकी थिइन् । यस मुद्दामा तारिक रहमानको नाम पनि आयो । खालिदा जिया त्यतिबेला बंगलादेशकी प्रधानमन्त्री थिइन् । यद्यपि, बीएनपीले यसलाई बदलाको राजनीतिबाट प्रेरित मुद्दाको रूपमा वर्णन गरेको थियो ।

यसअघि तारिक रहमानलाई सन् २००७ मा सेना समर्थित अन्तरिम सरकार सत्तामा हुँदा भ्रष्टाचार विरोधी अभियानको क्रममा पक्राउ गरिएको थियो । बीएनपीले तारिक रहमानलाई हिरासतमा राख्दा यातना दिइएको र उनी बिरामी परेको दाबी गरेको छ ।

सन् २००८ मा उनलाई जमानत मिल्यो र उपचारको लागि लन्डन जान अनुमति दिइयो । रहमान त्यसबेलादेखि लन्डनमा थिए र त्यहाँबाट बीएनपी राजनीतिमा केन्द्रीय भूमिका खेल्दै आएका थिए ।

अक्टोबर २०१८ मा तारिक रहमान र अन्य १८ जनालाई सन् २००४ को ग्रेनेड आक्रमणसँग सम्बन्धित मुद्दामा आजीवन कारावासको सजाय सुनाइएको थियो । २४ मे २०२३ मा ढाका ट्रिब्यूनले २००१ देखि २००६ सम्म बीएनपी सरकारको कार्यकालमा घूसखोरी र आर्थिक अनियमितताको आरोपमा तीन भागको श्रृंखला प्रकाशित ग¥यो ।

दस्तावेजी प्रमाणमा आधारित उक्त श्रृंखलाले रहमानलाई “डार्क प्रिन्स“ भनेर वर्णन गरेको थियो । प्रतिवेदनले तारिक रहमान विरुद्ध भ्रष्टाचार र मिडियालाई धम्की दिएको आरोप लगाएको छ ।

अमेरिकी दूतावासका केबलहरूलाई उद्धृत गर्दै रहमानले गैरकानूनी माध्यमबाट करोडौं डलरको सम्पत्ति आर्जन गरेको आरोप लगाइएको थियो । रहमानलाई अवैध सम्पत्ति जम्मा गरेको आरोपमा २०२३ मा नौ वर्षको जेल सजाय सुनाइएको थियो ।

फस्र्टपोस्टको रिपोर्ट अनुसार अगस्ट २०२४ मा विद्यार्थी आन्दोलनका कारण शेख हसिनाको सरकार ढलेपछि तारिक रहमानको भाग्य पनि परिवर्तन भयो । पछि उनलाई सन् २००४ को ग्रेनेड आक्रमण, मनी लान्ड्रिङ र देशद्रोहसँग सम्बन्धित सबै ८४ मुद्दाबाट सफाइ दिइएको थियो ।

बंगलादेशमा १२ फेब्रुअरी २०२६ मा राष्ट्रिय चुनाव हुँदै छ । बंगलादेशी मिडियाका अनुसार रहमानको पुनरागमन त्यस्तो समयमा हुन लागेको हो, जब बीएनपीले देशमा आफ्नो गुमेको राजनीतिक आधार फिर्ता लिन कडा प्रयास गरिरहेको छ ।

पार्टीका नेता तथा कार्यकर्ताहरूविरुद्ध जबरजस्ती चन्दा असुली लगायतका धेरै आपराधिक मुद्दाहरू विचाराधीन छन् । यस्तो अवस्थामा तारिक रहमानको बंगलादेश फर्काइले बीएनपी कार्यकर्तामा जीवन भर्ने र मतदाताहरूमाझ राम्रो सन्देश जाने अपेक्षा गरिएको छ ।

यसैबीच बंगलादेशका कट्टरपन्थी भारत–विरोधी नेता शरीफ उस्मान हादीको हत्या सम्बन्धमा उनका भाइले ठूलो खुलासा गरेका छन्। शरीफ उमर हादीले आरोप लगाएका छन् कि युनुस सरकारभित्रकै एक समूहले आगामी राष्ट्रिय निर्वाचनलाई अवरुद्ध गर्न उस्मान हादीको हत्या गर्ने षड्यन्त्र रचेको हो।

सरकारलाई सम्बोधन गर्दै उमर हादीले भनेका छन्, तिमीहरूले नै उस्मान हादीको हत्या गरायौ र अब त्यसैलाई मुद्दा बनाएर निर्वाचन असफल पार्ने प्रयास गरिरहेका छौ।” उनले मंगलबार दिउँसो ढाकाको शाहबागस्थित राष्ट्रिय संग्रहालय अगाडि इन्कलाब मञ्चद्वारा आयोजित शहिदी शपथ कार्यक्रममा यो कुरा बताएका हुन्।

उमरले बताए अनुसार उनका भाइ चाहन्थे कि राष्ट्रिय निर्वाचन फेब्रुअरीसम्म सम्पन्न होस्। भाइको इच्छाको सम्मान गर्दै उनले अधिकारीहरूलाई निर्वाचनको वातावरण बिगार्न नदिन आग्रह गरे।

हत्यारामाथि छिटोभन्दा छिटो मुद्दा चलाइयोस् ताकि निर्वाचनको वातावरण बिग्रिन नपाओस्। सरकारले हाम्रो सामु कुनै ठोस प्रगति देखाउन असफल भएको छ। यदि उस्मान हादीलाई न्याय मिलेन भने, एक दिन तिमीहरूलाई पनि बंगलादेशबाट भाग्नुपर्नेछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top