×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बंगलादेशले चीनबाट जे–१० सीई किन्दै

२२ आश्विन २०८२

२२ असोज , काठमाण्डौ ।

बंगलादेशले चीनबाट २० वटा जे–१० सीई फाइटर जेट खरिद गर्ने भएको छ । २.२ अर्ब अमेरिकी डलरमा २० वटा जे–१०सीई लडाकु जेट किन्ने सम्झौता भएको छ । यसमा तालिम, मर्मत–सम्भार तथा अन्य आवश्यक खर्चहरू पनि समावेश गरिएको छ ।

समाचार अनुसार, यी जेटहरू सन् २०२६ र २०२७ बीचमा बंगलादेश वायु सेनालाई हस्तान्तरण गरिनेछन् । यद्यपि, सरकारले अहिलेसम्म यस सम्झौताको औपचारिक घोषणा गरेको छैन ।

चिनियाँ जे–१०सीई, जे–१०सीको निर्यात संस्करण हो । पाकिस्तानले गत मे मा भारतसँगको चार दिने सैन्य संघर्षका क्रममा जे–१०सी प्रयोग गरेको थियो । प्रत्येक विमानको मूल्य करिब ६ करोड अमेरिकी डलर पर्छ ।

यसबाहेक, तालिम, उपकरण र ढुवानीका लागि थप ८२ करोड डलर खर्च हुने अनुमान छ । बिमा, कर, एजेन्सी कमिसन र अन्य खर्चहरू जोड्दा कुल लागत करिब २.२ अर्ब डलर पुग्नेछ ।

सुरक्षा विशेषज्ञ मेजर जनरल ए.एन.एम. मुनिरुज्जमानले नयाँ लडाकु विमान खरिद गर्दा यसको भू–राजनीतिक प्रभावलाई पनि ध्यानमा राखिनु आवश्यक रहेको बताएका छन् ।

हाल बंगलादेश वायु सेनासँग २१२ विमान छन्, जसमा ४४ लडाकु विमान समावेश छन् । तीमध्ये मुख्य लडाकु विमान अझै पनि पुराना एफ–७ छन् । यसबाहेक आठ एमआईजी–२९बीले केही आधुनिक क्षमता प्रदान गरिरहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top