×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

१२ मंसिर २०८२

११ मंसिर , काठमाण्डौ ।

नेपालबाट बंगलादेशले थप २० मेगावाट बिजुली लैजाने निर्णय गरिएको छ । आज बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को सातौँ बैठकबाट यस्तो निर्णय गरिएको हो ।

बंगलादेशले हाल नेपालबाट ४० मेगावाट विद्युत् लगिरहेको छ । थप २० मेगावाट विद्युत् आवश्यक प्रक्रिया पूरा गरी लैजाने निर्णय गरिएको हो । यस्तै, सुनकोसी–३ जलविद्युत् आयोजनामा लगानी अघि बढाउन बंगलादेशले मूल्यांकनका निम्ति विशेषज्ञ समिति गठन गरी जेभीए छिटो टुंग्याउने निर्णय गरिएको छ ।

नेपालबाट भारतीय ग्रीड हुँदै बरापुकारया, पञ्चगढ÷ठाकुरगाउँ, भेरामारा र कोमिल्ला सम्म विद्युत् निर्यात सम्भावना अध्ययन गर्ने निर्णय पनि बैठकबाट गरिएको छ।

दुई देशले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवद्र्धनसम्बन्धी समझदारीपत्रमा आ–आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने र उक्त सम्झौताअन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, ईभी चार्जिङ, रुफटप सोलारलगायत क्षेत्रमा प्राविधिक सहयोग प्रदान गर्ने सहमति गरेका छन् ।

दुवै देशबीच क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न प्रथम चरणमा बंगलादेशी पक्षका निम्ति काठमाडौंमा र त्यसपछि नेपाली पक्षका लागि बंगलादेशमा तालिम सञ्चालन तथा नेपाल–भारत–बंगलादेश त्रिदेशीय ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू)मा भारतको सहमति लिन संयुक्त प्रयास गर्ने निर्णय समेत गरिएको छ।

बंगलादेशको ढाकामा सम्पन्न बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र बंगलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयकी सचिव फर्जाना ममताजको उपस्थिति थियो ।

यसअघि, यही मंसिर १० गते संयुक्त कार्यदल (जेडब्ल्यूजी)को बैठक बसेको थियो । यसले अघि सारेका सिफारिसमा सचिवस्तरीय बैठकमा विस्तृत छलफल गरिएको ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए ।

नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम सुरु गर्ने र बंगलादेशी पक्षका लागि पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौंमा एवं नेपाली पक्षका लागि बंगलादेशमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top