Nepal Times
Nepal Times
3
Shares

बंगलादेशी राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

बंगलादेशी राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

२७ कात्तिक, काठमाडौं ।
ब‌गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार भेटवार्ता भएको छ । काठमाडौंको मेरियट होटलमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायत सहभागी थिए ।

त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट गरी राष्ट्रपतिसँग भेटवार्ताका लागि शितलनिवास जानेछन् ।राष्ट्रपतिसँगको भेटवार्तापछि राष्ट्रपति हमिद उनकै सम्मानमा आयोजित रात्रिभोजमा सरिक हुनेछन् । हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा साँझ साढे ६ बजे रात्रिभोज आयोजना गरेकी छन् ।

मंगलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदले बुधबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र शेरबहादुर देउवासँग पनि भेट गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.