Nepal Times
Nepal Times
3
Shares

बङ्गाली सिनेमा अभिनेता चटर्जीको निधन

बङ्गाली सिनेमा अभिनेता चटर्जीको निधन

एजेसी । बङ्गाली सिनेमाका चर्चित अभिनेता सौमित्र चटर्जीको आइतबार निधन भएको छ ।

उनको ८५ वर्षको उमेरमा आइतबार कोलकाताको बेले भ्यु क्लिनिकमा निधन भएको हो । उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ६ अक्टोबरमा उनलाई अस्पताल भर्ना गरिएको थियो, उनको स्वास्थ्य पहिलेभन्दा केही सुधार देखिएको थियो र कोरोना रिपोर्ट पनि नेगेटिभ आएको थियो । तर उनको शरीरमा समस्या बढ्दै जाँदा अक्टोबर अन्त्यतिर भेन्टिलेटरमा राखिएको थियो । सौमित्र चटर्जीले तीन सयभन्दा धेरै फिल्ममा काम गरेका छन् । उनले चर्चित निर्देशक सत्यजीत रायको फिल्म अपूर संसारबाट आफ्नो फिल्मी करिअर सुरु गरेका थिए । त्यसपछि उनले जोए बाबा फेलूनाथमा फेलूदाको भूमिका निभाएका थिए । कैयौँ पटक आफ्नो अभिनयको लागि नेशनल अवार्ड पाइसकेका सौमित्र चटर्जीलाई सन् २०१२ मा दादा साहेब फाल्के अवार्ड पनि प्रदान गरिएको थियो । सन् २००४ मा उनले भारतको तेस्रो सर्वाेच्च नागरिक सम्मान पद्म भूषणबाट सम्मानित गरियो । उनलाई फ्रान्सको सर्वाेच्च नागरिक सम्मान लिजन अफ अनर बाट पनि सम्मानित गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.