×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बङ्लादेशले अफगानिस्तानलाई ५४६ रनले हरायो

२ असार २०८०

२ असार, एजेन्सी ।
घरेलु टोली बंगलादेशले एकमात्रै टेस्ट खेलमा अफगानिस्तानलाई ५४६ रनको विशाल अन्तरले पराजित गरेको छ । जितको लागि ६६२ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ११५ रनमा अल आउट भयो । अफगानिस्तका रहमात शाहले सर्वाधिक ३० रन बनाए । कप्तान हश्मातुल्लाह शाहिदीले १३ र करिम जन्नत १८ रनमा आउट भए ।

अन्य कुनैपनि अफगानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । तस्किन अहमदले चार र शोरिफुल इस्लामले तीन विकेट लिए । बंगलादेशले दोस्रो इनिङमा ४२५–४ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो । नाज्मुल हसन शान्टोले १५१ बलमा १५ चौकासहित १२४ रनको शतकीय इनिङ खेले ।

मोमिनुल हकले १४५ बलमा १२ चौका र १ छक्कासति १२१, लिटन दास ६६ र जकिर हसनले ७१ रन बनाए । अफगानिस्तानका जाहिर खानले सर्वाधिक दुई विकेट लिए । अफगानिस्तान पहिलो इनिङमा १४६ रनमा अल आउट भएको थियो । अफगानिस्तानका नासिर जमलले ३५ र अफ्सार जजाईले सर्वाधिक ३६ रन बनाए ।

बंगलोदशका एबादोत हुसैनले सर्वाधिक चार, शोरिफुल इस्लाम, ताइजुल इस्लाम र मेहदी हसन मिराजले समान दुई विकेट लिए । त्यसअघि मिरपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलोदश ३८२ रनमा अल आउट भएको थियो । बंगलादेशका नाज्मुल हसन शान्टोले १७५ बलमा २३ चौका र २ छक्कासहित सर्वाधिक १४६ रन बनाए ।

दुबै इनिङमा शतक हानेका शान्टो खेलको प्लेयर अफ द म्याच चुनिए । अफगानिस्तानका निजात मसुदले सर्वाधिक पाँच विकेट लिएका थिए । अफगानिस्तानलाई ५४६ रनले हराएर बङ्लादेशले आफ्नो टेष्ट इतिहासको सबैभन्दा फराकिलो अन्तरको जितको रेकर्ड बनाएको हो । यस्तै, टेष्ट क्रिकेटमा यो अहिलेसम्म तेस्रो ठूलो अन्तरको जित हो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top