×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बजेटमा प्राथमिकता तोक्नुपर्छ ः डा भट्टराई

२७ बैशाख २०७५

काठमाडौँ, २७ वैशाख ः संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास गर्न बजेटले प्राथमिकता तोकेर जानुपर्ने बताएका छन् ।

आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको प्रस्तावलगायत समग्र विषयमा समय मागेर बोल्दै उनले बजेट प्राथमिकताको आधारमा भन्दा पनि हिजोको निरन्तरताको गन्ध देखिएको धारणा राखे ।

सांसद भट्टराईले मुलुकमा नयाँ ढंगले बजेट अगाडि बढाएर प्राथमिकताका आधारमा कसलाई पहिलो प्राथमिकता दिने भन्ने किटान बजेटमा नगरिएको हुँदा त्यततर्फ ध्यान दिन आग्रह गरे ।

मुलुकको विकासका लागि कृषि, पर्यटन, जलस्रोतलाई प्राथमिकता दिनुपर्ने तर तीबाहेक अन्य पूर्वाधार निर्माण र शिक्षालाई समेत विशेष ध्यान दिनुपर्नेमा उनको भनाइ थियो ।

सांसद भट्टराईले पूर्वधार संरचना अन्तर्राष्ट्रिय विमानस्थलको तीव्र निर्माण, सामाजिक पूर्वाधारका रुपमा शिक्षालाई परिवर्तन गरी प्राविधिक शिक्षा सञ्चालन गर्न जरुरी भएको उल्लेख गरे ।

उनले विज्ञानबिना संसारमा कुनै पनि विकास सम्भव नभएको उल्लेख गर्दै कृषि, सिँचाइ, मल बीउलाई ध्यान दिएर कृषकलाई निःशुल्क स्वास्थ्य बीमाजस्ता कार्यक्रम ल्याएर जमिनको उपयोग गर्नुपर्ने सुझाव राखे।

सांसद भट्टराईले छिमेकी राष्ट्र भारत र चीन दुवै छिमेकीसँग असल सम्बन्ध राखेर दुवै देशसँग बीचमा रहेर पुलका रुपमा काम गर्नुपर्ने उल्लेख गरे ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउन लागेको हुँदा छिमेकीसँगको सम्बन्धलाई राम्रो बनाएर सहयोग लिएर देशको विकास गर्नमा विशेष ध्यान पुग्नुपर्ने बताए। सांसद भट्टराईले आफ्नो पालामा बिप्पा सम्झौता भएको थियो र अरु ५० देशमा बिप्पा सम्झौता गर्नुपर्ने संसद्समक्ष राखे ।

सांसद भट्टराईले संघीयता कार्यान्वयन गर्नका लागि बजेट तथा नीति कार्यक्रम बनाउँदा ध्यान दिनुपर्ने उल्लेख गर्दै देशको जमिनको राम्रो सदुपयोग गर्नुपर्ने बताए ।

उनले निजी क्षेत्रलाई नाफा कमाऊ कर तिर भन्ने कुरामा जानुपर्छ भन्ने सुझाव दिँदै विदेशी ठूला लगानी बढाउनुपर्ने धारणा राखे । सांसद भट्टराईले भ्रष्टारमुक्त समाज निर्माण गर्न जरुरी भएको उल्लेख गरे ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top