Nepal Times
Nepal Times
3
Shares

बटम लाइनमा अडिग रहेका छौँ, अलमल र भ्रममा नपरौँः नेता नेपाल

बटम लाइनमा अडिग रहेका छौँ, अलमल र भ्रममा नपरौँः नेता नेपाल

२४ वैशाख, काठमाडौँ । वार्ता र लकचता दुवै अपनाउने नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता नेपालले आफूले एकताबद्ध एमाले चाहेको पनि उल्लेख गरेका छन् ।

‘वार्ता र लकचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन’, नेता नेपालले लेखेका छन् । २ जेठ २०७५ को पार्टी कमिटी, विधान र नेतृत्वको बटम लाइनमा अडिग रहेको पनि नेपालले लेखेका छन् ।

‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेको कथित बैठकहरु र त्यसले गरेका निर्णयहरु फिर्ता लिन पर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो’, उनले लेखेका छन् ।

अहिले भइरहेको वार्ताबाट भ्रममा नपरी सशक्त पार्टी बनाउने अभियानमा जुट्न पनि नेता नेपालले कार्यकर्ता पंक्तिमा अपिल गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.