Nepal Times
Nepal Times
3
Shares

बन्दुकले हानी हत्या

बन्दुकले हानी हत्या

१० वैशाख, ताप्लेजुङ । ताप्लेजुङ मेरिङदेन गाउँपालिका २ जिदिमा का २९ बर्षीय प्रताप भनिने आकाश लिम्बुले भरुवा बन्दुकले हानेर ५० बर्षीय खडक बहादुर लिम्बुको हत्या गरेका छन् ।

बिहीबार बेलुका साढे ५ बजे खडक बहादुर आफ्नै घरमा बसिरहेको अबस्थामा आकाशले एक्कासी बन्दुकले हानी हत्या गरेका हुन । उनलाई प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । आकाशले प्रयोग गरेको भरुवा बन्दुक भने घटनास्थल देखी अन्दाजी ७० मिटर टाढा बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्या गरेको कारण भने तत्काल नखुलेको सो प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.