Nepal Times
Nepal Times
3
Shares

बन्द सत्रमा ओलीको सम्बोधन- एमाले सिध्याइयो भनेर खुशी मनाउनेको स्वप्न भंग गरिदियौं

बन्द सत्रमा ओलीको सम्बोधन- एमाले सिध्याइयो भनेर खुशी मनाउनेको स्वप्न भंग गरिदियौं

११ मंसिर, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले महाधिवेशन उद्घाटनमा देखिएको जनसहभागीतालाई लिएर खुशी व्यक्त गरेका छन् । पार्टीको १० औं महाधिवेशन अन्तरगतको बन्दसत्रमा सम्वोधन गर्दै ओलीले देशमा जनसमर्थन कोसित छ भनेर यो जनसहभागीताले पुष्टि गरेको उनको भनाइ छ ।

 उनले भने, ‘एमालेलाई सिध्याइयो भनेर खुशी मनाउनेहरुको स्वप्न भंग गरिदिने काम हामीले सफलता पूर्वक गरेका छौं । जनसमर्थन कोसित छ भन्ने अलिकति प्रकट गरिदिने काम भएको छ ।’

पछिल्लो समय पार्टीका अगाडि नयाँ चुनौतिहरु रहेको ओलीले बताए । उनले विरोधिहरुको जालझेल र षडयन्त्रका कारण पार्टी सत्तापक्षबाट प्रतिपक्षमा आएको दुखेसाे गरे । उनले भने, ‘हाम्रो हाम्रो कमिकमजोरीका कारणले होइन, हाम्रा विरोधिहरुका जालझेल, षडयन्त्र र असंवैधानिक कदमका कारण हाम्रो भूमिका परिवर्तित भएको छ । गम्भीर चुनौतिहरु थपिएका छन् । प्रतिक्रियावादी षडयन्त्रका कारण हामी यस ठाउँमा पुगेका हौं ।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.