×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बम्जनलाई सफाइ, माधव–बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

४ बैशाख २०८२

४ वैशाख , काठमाण्डौ।
बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनले सफाइ पाएका छन् । उनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो ।

भट्ट र भण्डारीको इजलासले ६ चैत, २०८० मा रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको हो । उनीहरू दुवैले जिल्ला अदालतमा पनि सफाई पाएका थिए ।

जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । यता ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

बिहीबारको बहसमा बालकृष्ण न्यौपानेले नीतिगत निर्णयमा मुद्दा नचलाउने अख्तियारको निर्णयविरुद्ध आफूले दायर गरेको रिट र अख्तियारले पुनरावेदन गरेको मुद्दा लगाउमा राखी हेर्न माग गरेका थिए ।

त्यसपछि न्यायाधीश नित्यानन्द पाण्डेयले अख्तियारको पुनरावेदन सामान्य बेन्चमा रहेकाले लगाउमा राखी हेर्न मिल्ने हो वा नमिल्ने भनेर प्रश्न गरेका थिए । तर, अधिवक्ता न्यौपानेले अदालतले भविष्य समेत हेर्न पर्ने भएकाले लगाउमा राखेर हेर्न पर्ने तर्क राखेका थिए ।

त्यसपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अख्तियारको पुनरावेदनमा धेरै प्रतिवादी भएकाले ती सबै यता आएर मिसिएपछि हेर्न मिल्ने कि नमिल्ने भन्ने पनि हेर्नपर्ने बताएका थिए ।

उक्त अध्ययन आवश्यक रहेको प्रधानन्यायाधीश राउतको भनाइसँगै आजका लागि बहस टुंगिएर उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । आज नेपाल र भट्टराई विरुद्धको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएको थियो ।

यसैबीच पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । पूर्वमन्त्री आलेविरुद्ध धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि जग्गा खरिदमा अनियमितता गरेको भन्दै अख्तियारमा २०८१ चैत ११ गते उजुरी परेको थियो ।

उक्त उजुरी परेसँगै अख्तियारले पूर्वमन्त्री आलेमाथि छानबिन प्रक्रिया अघि बढाएको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पूर्वमन्त्री आलेले धनगढी विमानस्थल विस्तारको जग्गा खरिदमा अनियमितताबारे परेको उजुरीका विषयमा जवाफ माग गरेको छ ।

गत २०८१ चैत २० गते आयोगले पर्यटन मन्त्रालयसँग जवाफ माग गर्ने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रालयलाई उजुरीको विषयमा जवाफका लागि पत्र पठाएको थियो । अख्तियारले पत्र पठाएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१ चैत २१ गते नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अख्तियारबाट प्राप्त उजुरीमा उल्लेख गरिएका विषयमा के कसो भएको हो ? सोको स्पष्ट राय÷प्रतिक्रियासहित सम्बद्ध कागजात सात दिनभित्र उपलब्ध गराउन भन्दै पत्र समेत पठाएको छ ।

पूर्वमन्त्री आलेलाई धनगढी विमानस्थल विस्तारमा जग्गा खरिदमा अनियमितता गरेको भन्दै २०८१ चैत ११ गते उजुरी दर्ता भएको थियो । उजुरी दर्तासँगै पूर्वमन्त्री आलेमाथि आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

पूर्वमन्त्री आलेले धनगढी विमानस्थल निर्माणका लागि आवश्यक जग्गा खरिदमा कम्पनी खडा गरेर जग्गा अनियमितता र करोडौँ रकम हिनामिना गरेको आरोप छ । मन्त्री हुँदा आलेले धनगढी विमानस्थललाई विस्तार गर्ने भन्दै बैंकलाई समेत गुमराहमा राखेर राज्यको ढुकुटीबाट बजेट दुरुपयोग गरेर व्यक्तिगत कम्पनी खडा गर्दै जग्गा खरिद गरेको खुलेको छ ।

आलेले मेघा बैंकका कर्मचारी अमित श्रेष्ठ, बिटुमिन ठेकदार तथा बिचौलिया पवन गुप्ता र स्वकीय सचिव हेमन्त रेग्मीसमेतलाई मिलाएर विमानस्थल आसपासमा जग्गा खरिद गरेको पाइएको छ । आले पर्यटनमन्त्री भएकै बेलामा विमानस्थल क्षेत्र विस्तार गर्ने भन्दै बजेट विनियोजन गरेका थिए ।

बजेट विनियोजन गरेको बेलामै उनले विमानस्थल क्षेत्रमा जग्गा किनेको चर्चा हुँदै आएको थियो । आलेले मन्त्री हुँदा सुरुमा धनगढी विमानस्थल आसपास जग्गा किन्ने तयारी थालेका थिए ।

त्यसपछि सोही योजनाअनुरुप मन्त्रालय मातहत रहेको नागरिक उड्डयन प्राधिकरणको मुद्दति खातामा रहेको १ अर्ब रुपैयाँ मेघा बैंकमा जम्मा गर्न लगाएको समेत खुलेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top