×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे

२ पुष २०८२

२ पुस , काठमाण्डौ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष विश्वक्रान्ति भनिने राजकुमार लामालाई निलम्बन गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उपाध्यक्ष लामालाई पक्राउ गरेपछि साम्पाङले बुधबार बिहान फेसबुकबाट भिडिओ सन्देश जारी गरी उनलाई निलम्बन गरिएको जानकारी दिएका हुन्।

भिडिओ सन्देशमार्फत साम्पाङले उनको पृष्ठभूमिमबारे आफू अनविज्ञ भएको बताएका छन्। ’मैले बुझेको चाहिँ उहा माओवादी पार्टीमा आबद्ध भएर धेरै लामो समयसम्म विभिन्न खालका पार्टीहरु विभिन्न खालका राजनीतिक अभियानहरुमा संलग्न हुदै आउनुभएको भन्ने मैले चाहिँ थाहा पाएको छु,’ उनले भनेका छन्।

साम्पाङले लामामाथि निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्। ’उहाँ निर्दोष भएर बाहिर ननुस्कुन्जेलसम्म उहाँलाई पार्टीको पदबाट निलम्बन गरेको कुरा म जानकारी गराउन चाहन्छु,’ अध्यक्ष साम्पाङले भनेका छन्।

विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० वर्षीय लामालाई मंगलबार कपनबाट पक्राउ गरिएको सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले बताएका छन् । २०६८ मा काठमाडौँको बबरमहलमा भएको बम विस्फोटमा संलग्न मुद्दामा जेलबाट छुटेका लामा अहिले पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका हुन् ।

पाँचथरमा दर्ता भएको मुद्दामा उनी फरार देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । २०६९ असारमा पाँचथरको भुसपातेमा उनलाई प्रहरीले विस्फोटक पदार्थ सहित पक्राउ गरेर काठमाडौँ पठाएको थियो ।

बबरमहलमा ३ जनाको मृत्यु हुने गरी भएको विस्फोटको घटनामा त्यसबेला फरार रहेका लामालाई प्रहरीले अनुसन्धान गरेर अभियोजन गरेको थियो । बबरमहल घटनामा कैद सजायको फैसला भएपछि नख्खु कारागारमा सजाय भुक्तान गरेर लामा २०७६ फागुन ७ मा प्रजातन्त्र दिवसको दिन छुटेका थिए ।

बबरमहल विस्फोटमा मानबहादुर तामाङसहित ३ जनाको मृत्यु भएको थियो । जेलबाट छुटेपछि उनी पछिल्लो समय राजनीतिमा सक्रिय हुन थालेका थिए। राजनीतिमा ‘स्पेस’ खोजिरहेका तामाङले हर्क साम्पाङले खोलेको श्रम संस्कृति पार्टीमा उपाध्यक्ष भएका थिए।

तर, पुरानो आपराधिक रेकर्ड र फरार सूचीमा रहेको अर्को मुद्दाले उनलाई पुनः प्रहरी हिरासतमा पु¥याएको छ। उनी विरुद्ध पाँचथरमा दर्ता भएको मुद्दा विचाराधीन अवस्थामा रहेको भेटिएको छ ।

लामालाई कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एआईजी मनोज केसीले पुष्टि गरेका छन् । २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो।

विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई मंगलबार पक्राउ गरिएको केसीको भनाइ छ। उनलाई सीआईबीले थप अनुसन्धानको लागि पाँचथर पठाएको छ । लामाका तीन वटा उपनाम छन्। उनी कुमार, विश्वक्रान्ति र देवराज लामाका उपनामबाट चिनिन्छन्।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top