Nepal Times
Nepal Times
3
Shares

बर्दिबास घटनाको विरोधमा बिहानैदेखि गौशाला बजार बन्द

बर्दिबास घटनाको विरोधमा बिहानैदेखि गौशाला बजार बन्द

१२ मंसिर, महोत्तरी । महोत्तरीको बर्दिवास घटनाको विरोधमा आज गौशाला बजार बन्द गरिएको छ ।

गौशाला उद्योग वाणिज्य संघले बिहानैदेखि बजार बन्द गरेको हो । बर्दिवास नगरपालिका १४ बाट बेपत्ता पारेर हत्या गरिएकी बालिका र प्रहरीको गोली लागि ज्यान गुमाएका संजय न्यौपानेको परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरिएको छ ।

गौशाला उद्योग वाणिज्य संघका उपाध्यक्ष देवचन्द्र महतोका अनुसार बेलुका ५ बजे गौशाला बजारमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ । गएको सोमबार बालिका मृत भेटिएकी भएको विरोध प्रदर्शनमा बर्दिवासका संजय भनिने बुद्धिराज न्यौपानेको प्रहरीले चलाएको गोली लागेर ज्यान गएको थियो ।

घटनापछि बर्दिवाससहित जिल्लाका विभिन्न ठाउँमा विरोध प्रदर्शन हुँदै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.