×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बस दुर्घटनाप्रति मोदीको चिन्ता, ओलीले दिए समवेदना

८ भाद्र २०८१

८ भदौ, विराटनगर । 

शुक्रबार बिहान तनहुँको आबुखैरेनी गाउँपालिकामा भएको बस दुर्घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता प्रकट गरेका छन् ।

प्रधानमन्त्री मोदीले नेपालको तनहुँ जिल्लाको सवारी दुर्घटनामा दु:ख व्यक्त गर्दै सबै शोकाकुल परिवारलाई समवेदना दिएका छन् । उनले सबै सुविधा नेपालमा भएको भारतीय दूतावासबाट हुने पनि जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘नेपालको तनहुँ जिल्लामा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख प्रकट गर्दछु । शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दछु । घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना छ । प्रभावितलाई भारतीय दूतावासले सम्भावित सुविधा उपलब्ध गराउने छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पर्यटक बोकेर पोखराबाट काठमाडौं आउने क्रममा तनहुँमा दुर्घटना भएकोमा चिन्ता व्यक्त गरेका छन् । ओलीले सामाजिक सन्जालबाट दुर्घटनाबाट ज्यान गुमाएका भारतीय परिवार तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई समवेदना दिएका छन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन, ‘भारतीय नागरिकहरुले यात्रा गरिरहेको बस पोखराबाट काठमाडौं आउने क्रममा आबु खैरेनीमा दुर्घटना हुँदा २७ जना भारतीय नागरिकको ज्यान गएको घटनाले अत्यन्त दुःखी छु । ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी लगायत परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

शुक्रबार बिहान पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा हिजो बिहान भारतीय पर्यटक सवार बस दुर्घटना भएको थियो ।

४४ जना सवार युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । जसमा १९ जना घाइते भएकामध्ये १६ जनाको महराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

सामान्य घाइते तीन जनालाई काठमाडौंस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ ।

यसबीचमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे काठमाडौं आइपुगेकी छन् । प्रधानमन्त्री मोदीको निर्देशनमा खडसे शनिबार बिहान काठमाडौं आइपुगेकी हुन् ।

शुक्रबार बिहान तनहुँको आबुखैरेनी गाउँपालिकामा भएको बस दुर्घटनाका घाइतेहरूलाई भेट्न उनी महाराष्ट्र जलगांवका एकजना विधायकलाई साथ लिएर काठमाडौं आइपुगेकी हुन् । काडमाडौंमा अवतरण भएसँगै उनी घाइतेहरूलाई भेट्न महराजगन्जस्थित टिचिङ अस्पताल जाँदै छिन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top