Nepal Times
Nepal Times
3
Shares

बहराइनका राजकुमारसहितका टोली हिमाल आरोहणका लागि लुक्लामा

बहराइनका राजकुमारसहितका टोली हिमाल आरोहणका लागि लुक्लामा

८ असोज, काठमाडौं । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लुक्ला पुगेको छ ।

यो टोलीमा बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खालिफा समेत सहभागी छन् । राजकुमारसहितका ५ जना कैलाश हेलिकोप्टरबाट लुक्ला प्रस्थान गरेका थिए ।

टोलीका अन्य सदस्य, गाइड तथा अन्य सहयोगी भने दुई वटा जहाजबाट लुक्ला पुगेका छन् । नेपालमा कोरोना महामारीपछि विदेशबाट हिमाल आरोहण गर्न आएको यो पहिलो टोली हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.