Nepal Times
Nepal Times
3
Shares

बहराइनका राजकुमार स्वदेश फर्किए, भने- ‘नेपालमै बसौँबसौँ लाग्यो’

बहराइनका राजकुमार स्वदेश फर्किए, भने- ‘नेपालमै बसौँबसौँ लाग्यो’

काठमाडौँ : बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाले नेपालको प्राकृतिक सौन्दर्यबाट आफू ज्यादै रोमाञ्चित भएको बताउनुभएको छ । मनास्लु र लोबुचे हिमालको आरोहण सम्पन्न गरेर शुक्रबार बहराइन फर्कने क्रममा उहाँले हिमाल नै थाहा नभएको आफूलाई हिमाल चढ्दा नेपालमै बसौँबसौँ लागेको प्रतिक्रिया दिनुभएको हो ।

हिमाल चढ्दा र नेपाल बसाइको अनुभव मध्यपूर्वका जनतालाई बाँड्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभएको छ । नेपालप्रति मेरो यति लामो बसाइमा कुनै गुनासो छैन । यहाँको आतिथ्यदेखि लिएर हिमाल आरोहण र अन्य प्राकृतिक सौन्दर्यको अनुभव साँच्चै स्मरणीय रह्यो, उहाँको अनुभव थियो ।

नेपालका हिमाल आरोहण गर्न क्रिस्टिफर एन्थोनीको नेतृत्वमा राजकुमार खलिफासहित १८ सदस्यीय टोली गत भदौ ३१ मा नेपाल आएको थियो । राजकुमारसहितको उक्त टोलीलाई शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो ।

बिदाइ भेटमा मन्त्री भट्टराईले बहराइनसँगको हवाई उडान नियमित गर्न र त्यहाँका नागरिकलाई नेपाल घुम्न पठाउन सहयोगी भूमिका खेलिदिन पनि आग्रह गर्नुभएको थियो । त्यस्तै नेपालका हिमाल आरोहण गरेर पूरै मध्यपूर्वमा नेपालको सौन्दर्यका बारेमा प्रचार भएको भन्दै उहाँले राजकुमार खलिफाप्रति आभार व्यक्त गर्नुभयो ।

राजकुमारको उक्त आरोहण टोलीमा बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी र तीन जना बेलायती नागरिक थिए । उक्त टोलीले ८५१६ मिटर अग्लो मनास्लु र ६११९ मिटर अग्लो लोबुचो हिमाल आरोहण गरेको थियो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.