Nepal Times
Nepal Times
3
Shares

बहुविवाह मुद्धामा मुछिएकी अभिनेत्री शिल्पा पोखरेल साधारण तारेखमा रिहा

बहुविवाह मुद्धामा मुछिएकी अभिनेत्री शिल्पा पोखरेल साधारण तारेखमा रिहा

२९ कात्तिक, काठमाडौं । नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंमा शुक्रबार हाजिर भएकी पोखरेललाई बहुविवाद सम्बन्धी मुद्दामा अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको हो । न्यायाधीश मुकेश उपाध्यायको इजलासले सो आदेश दिएको अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले पुष्टि गरे ।

हिमा ओझाले दिएको बहुविवाहको उजुरीमाथि महिला सेल, कालिमाटीले अनुसन्धान गर्ने क्रममा निर्माता छवि ओझा र पोखरेलविरुद्ध ८ साउनमा पक्राउ पूर्जी जारी भएको थियो ।

तर, पूर्जी्विरुद्ध शिल्पा उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् । यद्यपि, उनको विपक्षमा फैसला भएपछि शुक्रबार अदालतमा उपस्थित भएकी हुन् । निर्माता ओझा भने अहिलेसम्म अदालत उपस्थित भएका छैनन् ।

पोखरेल र निर्माता ओझाको डिभोर्स प्रक्रिया अगाडि बढेको समयमा छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरीमा उजुरी दिएपछि यो घटनाले नयाँ मोड लिएको थियो ।

हेमाले सुरुवातमा गौशाला प्रहरीमा उजुरी दिएकी थिइन् । तर, गौशाला प्रहरीले कालिमाटी महिला सेलमा पठाइदिएको थियो ।

वि.सं २०७३ साल असार २९ गते बिहे गरेका छवि र शिल्पाले गतबर्षको पौषमा मात्र बिहे दर्ता गरेका थिए । शिल्पाले भने आफूलाई छविका २ श्रीमती गिताञ्जली र रेखा थापा मात्र रहेको बिषयमा जानकारी भएको बताउँदै आएकी थिइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.