Nepal Times
Nepal Times
3
Shares

बाँकेमा एक ८६ वर्षीया संक्रमित वृद्धाको मृत्यु

बाँकेमा एक ८६ वर्षीया संक्रमित वृद्धाको मृत्यु

९ वैशाख, काठमाडौँ । बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१७ की ८६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

७ वैशाखमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएकी थिइन् ।

ओलीका अनुसार उपचारको क्रममा बिहीबार बिहान करिब २ः१५ बजे उनको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.