Nepal Times
Nepal Times
3
Shares

बाँकेमा होम आइसोलेसनमा बसेका एक संक्रमितले गरे आत्महत्या

बाँकेमा होम आइसोलेसनमा बसेका एक संक्रमितले गरे आत्महत्या

१२ वैशाख, बाँके ।
बाँकेमा होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका छन् ।

कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन् । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

२०७८ वैशाख ३ गते मेडिकल कलेज कोहलपुरमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ओलीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.