Nepal Times
Nepal Times
3
Shares

बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु

बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु

११ वैशाख, बुटवल । पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेका ४ जना र रुपन्देहीका एकजना हुन् ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई महिला र दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज–२ की ७५ वर्षीया महिलाको शुक्रबार साँझ ६ः१५ बजे मृत्यु भएको हो ।

यस्तै नेपालगन्ज–५ का ८६ वर्षीय पुरुषको साँझ ७ बजे र नेपालगन्ज त्रिभुवन चोक ठेगाना भएका ३५ वर्षीय पुरुषको गएराति ९ः२३ बजे मृत्यु भएको हो ।

यस्तै नेपालगन्ज–१० की ६१ वर्षीया महिलाको पनि गएराति मृत्यु भएको फाकल पर्सन ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

यो समाचार अनलाइन खबरमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.