Nepal Times
Nepal Times
3
Shares

बाँसघारीमा जलेको अवस्थामा पुरुषको शव फेला

बाँसघारीमा जलेको अवस्थामा पुरुषको शव फेला

१० मंसिर, सल्यान ।

सल्यानमा बाँसघारीमा जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको शारदा नगरपालिका –५ रानीकोटमा बाँसघारीमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत फेला पर्नेमा शारदा नगरपालिका–५ रानीकोट गैरागाउँका अन्दाजी ३० वर्षीय शेर बहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । स्थानीयले शुक्रवार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । चन्दको घरमा समेत रगत देखिएकाले चन्दको घरमा हत्या गरी बाँसघारीमा जलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाई छ ।

हत्या गरेको आंशकामा स्थानीय दुई महिलालाई नियन्त्रणमा लिएको र अनुसन्धान अघि बढाएको खड्काले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.