Nepal Times
Nepal Times
3
Shares

बाँसबारी क्लबलाई अराउन्ड द हिमालयजले प्रायोजन गर्ने

बाँसबारी क्लबलाई अराउन्ड द हिमालयजले प्रायोजन गर्ने

४ फागुन, काठमाडौँ ।
फागुन दोस्रो साताबाट सञ्चालन हुने सहिद स्मारक ‘बी’ डिभिजन लिगको क्लब बाँसबारी क्लबलाई पर्यटन क्षेत्रको संस्था अराउन्ड द हिमालयजले प्रायोजन गर्ने भएको छ । बाँसबारी क्लब र टुरिजम क्षेत्रमा काम गरिरहेको कम्पनि अराउन्ड द हिमालयज बीच आइतबार एक वर्षे प्रायोजन सम्झौता भएको हो ।

क्लबका अध्यक्ष प्रेम थापा र हिमालयजका प्रबन्ध निर्देशक सुधा रमनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्रायोजना गर्ने अराउन्ड द हिमालयजले क्लबलाई १० लाख नगद उपलब्ध गराउने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । आइतबारको सम्झौता पछि क्लबले अराउन्ड द हिमालयज बाँसबारीको नामबाट फागुन दोस्रो साताबाट हुने ‘बी’ डभिजन लिगमा खेल्ने छ ।

सोही कार्यक्रममा प्रायोजकको जर्सी पनि सार्वजनिक गरिएको छ । सम्झौता पछि ‘बी’ डिभिजन लिग खेल्न लागेको बाँसबारीका अध्यक्ष प्रेम थापाले आफ्नो लक्ष्य ‘ए’ डिभिजन लिगमा उक्लिँदै ‘ए’ डिभिजन लिग खेल्ने रहेको बताए । लिगका लागि क्लबले ‘ए’ डिभिजन लिगको अनुभव बटुलिसकेका २२ खेलाडी र ३ प्रशिक्षकसँग सम्झौता गरिसकेको बताएको छ ।

क्लबको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक युगल किशोर राई रहेका छन् । यस्तै क्लबले सहायक प्रशिक्षकमा निशान श्रेष्ठ र फिटनेशका प्रशिक्षक रुपमा भारतका कपिल फोगटलाई अनुबन्ध गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.