×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बाइडेनको चुनावी प्रचारका लागि ब्लुमबर्गले दिए १० करोड डलर चन्दा

२९ भाद्र २०७७

२९ भदाै, वासिङ्टन।

न्यूयोर्क नगरका पूर्व मेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन् । यो रकम विशेषगरी फ्लोरिडा राज्यमा चुनावी अभियानमा खर्च गरिने छ ।

आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपतिका दुई उम्मेदवारहरु राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्बेक्षणहरुले देखाएका छन् । अझ “ब्याटलग्राउन्ड” राज्यका रुपमा चिनिने फ्लोरिडामा दुबै उम्मेदवारबीच मतान्तर अति झिनो छ ।
अमेरिकामै सबैभन्दा ठूलो राज्यका रुपमा रहेको फ्लोरिडामा विजयी हुन दुबै उम्मेदवारले विशेष ध्यान दिएका छन् । दोस्रो कार्यकालको खोजीमा रहेका राष्ट्रपति ट्रम्पलाई फ्लोरिडामा विजयी हुनैपर्ने चुनौती छ ।

अमेरिकी चुनावमा राष्ट्रपतिमा विजयी हुन २७० निर्वाचन मण्डल प्राप्त गर्नु पर्नेछ । रिपब्लीकन पार्टीका नेताहरु फ्लोरिडामा विजयी हुनेमा विश्वस्त देखिएका छन् । सन् २०१८ मा सम्पन्न सिनेट चुनावमा पनि यहाँ रिपब्लीकन उम्मेदवार विजयी भएका थिए ।

रिपब्लीकन पार्टीले फ्लोरिडाका ल्याटिनो मतदातालाई आकर्षित गर्न करोडौं रकम खर्चिएको छ । पछिल्ला मतसर्बेक्षणले पनि ल्याटिनो समुदायको मत ट्रम्पतर्फ झुकेको देखाएका छन् । यहाँ डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन पछि पर्न थालेकाे देखिएको छ ।

अमेरिकी अर्बपति ब्लूमबर्गले गत वर्ष आफैं डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुने भन्दै चुनावी अभियान पनि थालेका थिए । उनले चुनावमा करिब एक अर्ब डलर खर्चिएका थिए, तर पर्याप्त जनसमर्थन नपाएपछि बाइडेनलाई समर्थन गर्दै चुनावी प्रतिस्पर्धा त्यागेका थिए ।

ब्लूमबर्गले यसअघि पनि ट्रम्पलाई पराजित गर्न भन्दै डेमोक्रेटिक पार्टीका लागि करोडौं डलर खर्च गरिसकेका छन् । उनले आफ्नो चुनावी कार्यक्रमबाट बचेको करिब १ करोड ८० लाख डलर यसअघि नै डेमोक्रेटिक राष्ट्रिय समितिलाई हस्तान्तरण गरिसकेका छन् ।रासस / एपी

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top