Nepal Times
Nepal Times
3
Shares

बागलुङका स्थानीय सरकार दमकलविहीन

बागलुङका स्थानीय सरकार दमकलविहीन

१० बैशाख, बागलुङ । गत मङ्सिर १६ गते बागलुङ बजारको अस्मिता कपास उद्योगमा आगलागी भयो । आगलागी हुँनासाथ बजारको दमकललाई खबर गरियो । तर आगो दन्किरह्यो, दमकल भने आएन ।

आगलागीबाट कपास उद्योग पुरै जलेर लाखौँको क्षति भयो । त्यसबखत नगरपालिकाको दमकल बिग्रिएर आउन नसकेको नगरपालिकाले जानकारी दियो । दश स्थानीय तह भएको बागलुङमा एकमात्रै दमकल हुँदा समस्या भएको छ ।

गत चैतमा मात्रै बागलुङ बजारमा तीन ठूला आगलागीका घटना भए । बजारको ग्रिल एण्ड चिल रेष्टुराँमा आगलागी हुदा १२ लाखको क्षति भयो भने सिर्जना फर्निचरमा आगलागी हुँदा छिमकको दुई घरमा समेत क्षति पु–यायो ।

फर्निचरमा लागेको आगलागी नियन्त्रणमा लिन नगरपालिकाको दमकलले नसकेपछि पर्वतको कुस्मा नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाको दमकलसमेत झिकाइयो । त्यसलगत्तै बागलुङ बजारको मुख्य चोकमा रहेको श्रेष्ठ हार्डवयरमा आगलागी हुँदा रु ३० लाख बढीको क्षति भयो ।

हार्डवयर पसलको आगलागी नियन्त्रणमा समेत नगरपालिकाको दमकलको पानीले नपुग्दा पुनःपानी ल्याउन जानुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

गलकोट, ढोरपाटन, जैमिनी नगरपालिका, काठेखोला, ताराखोला, निसिखोला, तमानखोला, बढीगाड र बरेङ गाउँपालिकामा दमकल छैनन् । पछिल्लो समय बागलुङमा आगलागीका घटना बढ्दै गए पनि स्थानीय तहले दमकल खरिदमा चासो दिएका छैनन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.