×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बाग्नरका विभिषण थिए पुटिनका जनरल

१४ असार २०८०

१४ असार,एजेन्सी ।
रुसमा जनरल सर्गेई सुरोभिकिनलाई पक्राउ गरिएपछि नयाँ तरंग उत्पनन भएको छ । जनरल आर्मागेडोन भनेर चिनिने सुरोभिकिनको गिरफ्तारीमा रुसको रक्षा मन्त्रालयबाट अहिलेसम्म कुनै वक्तव्य आएको छैन। तर मस्को टाइम्सले मन्त्रालयको नजिकका दुई स्रोतलाई उद्धृत गर्दै यसको पुष्टि गरेको छ।

वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध विद्रोह गरेपछि सुरोविकिन शनिबारदेखि बेपत्ता भएको रिपोर्ट गरिएको छ। गत वर्ष युक्रेन युद्धमा पुटिनले जनरल सुरोविकिनलाई सेनाको नयाँ कमाण्डर बनाएका थिए। त्यसबेला यो नियुक्तिलाई पुटिनको नयाँ रणनीतिका रूपमा व्याख्या गरिएको थियो।

“जनरल सुरोविकिनको अवस्था राम्रो छैन,“ मस्को टाइम्सलाई स्रोतले भनेकोे छ, यो भन्दा बढि म केहि भन्न सक्दिन । जबकि अर्को स्रोतले प्रिगोजिनको सन्दर्भमा उनलाई पक्राउ गरिएको बताएको छ। बुधवार सैन्य ब्लगर भ्लादिमिर रोमानोभले सुरोविकिनलाई प्रिगोजिनको विद्रोहको भोलिपल्ट हिरासतमा राखिएको बताएका थिए ।

रोमानोभ युक्रेनमा युद्धको एक ठूलो समर्थक हुन् । उनले दावी गरेका छन् कि सुरोविकिनलाई अहिले मस्कोको लेफोर्टोभो हिरासत केन्द्रमा राखिएको छ। मस्को रेडियो स्टेशनका मुख्य सम्पादक एलेक्सी भेनेडिक्टोभले पनि एक टेलिग्राममा सुरोविकिन तीन दिनदेखि आफ्नो परिवारसँग सम्पर्कमा नरहेको बताएका छन् । उनका गार्डहरूले पनि कुनै प्रतिक्रिया दिएका छैनन्।

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै, सुरोभिकिनलाई रुसको सैन्य नेतृत्व विरुद्ध विद्रोह उक्साउने प्रिगोजिनको योजनाको पूर्व जानकारी रहेको बताएको थियो । यद्यपि, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार उक्त रिपोर्टलाई ’अड्काली’ र ’गसिप’ भन्दै खारेज गरेका छन्।

अखबारमा भनिएको छ कि पुटिनले रुसी सेनाका शीर्ष अधिकारीहरूको सरुवाको लागि प्रिगोजिनको मागलाई स्वीकार गरेनन्। वाग्नर विद्रोहले राष्ट्रपति पुटिनका लागि दशकौंको सबैभन्दा ठूलो चुनौती र रूसको सामना गर्ने सबैभन्दा गम्भीर सुरक्षा संकट खडा गरेको छ।

बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोको मध्यस्थतापछि यो मामिला अहिलेलाई केही शान्त भएको छ । सुरोविकिनले अक्टोबर २०२२ र जनवरी २०२३ सम्म तीन महिना युक्रेनमा रुसी सेनाको कमाण्ड गरेका थिए। यसपछि पुटिनले यस युद्धको जिम्मेवारी चीफ जनरल स्टाफ ख्वालेरी गेरासिमोभलाई दिएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top