पर्सा, असार १९

अविरल वर्षाका कारण आएको बाढीमा डुबेर मर्नेको संख्या दुई पुगेको छ । पर्साको पर्सागढी नगरपालिका–४ मा पर्ने फन्ठी खोलामा सोमबार डुबेर कक्षा ९ मा अध्ययनरत छात्रा प्रतिमा रामको मृत्यु भएको थियो भने उनीसँगै डुबेर बेपत्ता भएका कक्षा ९ मै अध्ययनरत छात्र सुरेन्द्र मण्डलको आज बिहान शव भेटिएपछि मर्नेको संख्या दुई पुगेको हो ।

नेरा मावि बर्वाछटैमा सोमबार परीक्षा दिन गएका दुवै विद्यार्थी वर्षाका कारण परीक्षा रद्द भएपछि घर फर्किने क्रममा फन्ठी खोला पार गर्न लाग्दा प्रमिलाको डुबेर मृत्यु भएको थियो भने बेपत्ता भएका मण्डलको शव आज बिहान भेटिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

पर्सागढी नगरपालिका–८ निवासी जाँदोलाल साहकी छोरी प्रमिला र बाराको कलैया उपमहानगरपालिका दोहरी निवासी बुधन मण्डलका छोरा सुरेन्द्रको शव परीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको नायब उपरीक्षक थापाले जानकारी दिए । पर्साको हरपुरमा रहेको मामाघरमा रही मृतक मण्डल उक्त विद्यालयमा अध्ययन गर्दै आएको प्रहरीले जनाएको छ ।

वर्षाको कमीसँगै डुबान क्षेत्रबाट पानीको सतह कम हँुदै गएको छ ।
रासस

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top