×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बाबा रामदेव र बालकृष्णविरुद्ध एफआईआर दर्ता, कोभिड–१९ को नक्कली औषधि बनाएको आरोप

१५ असार २०७७

१५ असार, एजेन्सी ।
कोभिड–१९ को नक्कली आयुर्वेदिक औषधि बेच्ने षडयन्त्र गरेको आरोपमा योग गुरु बाबा रामदेव र आचार्य बालकृष्णसहित पाँच जनाविरुद्ध भारतीय प्रहरीले पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको छ ।

अब प्रहरीले उनीहरुविरुद्ध अनुसन्धान अगाडि बढाउने छ । प्रहरीले रामदेव र आचार्य बालकृष्णसहित अनुराग बस्र्नी, बलवीर सिंह तोमार र अनुराग सिंह तोमारविरुद्ध पनि एफआईआर दर्ता गरिएको छ । आचार्य बालकृष्ण रामदेवले प्रवद्र्धन गरेको पतञ्जली आयुर्वेद लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।

त्यस्तै अनुराग बस्र्नी नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड रिसर्च (निम्स) का अध्यक्ष र अरु दुई निर्देशक हुन् । रामदेव र उनको समूहले केन्द्रिय आयुर्वेदिक मन्त्रालयको स्वीकृतिबिना नै उक्त औषधि बेचेको एफआईआरमा दाबी गरिएको छ ।

पतञ्जली आयुर्वेदले पाँच दिनअघि कोरोनिल नाम दिइएको आयुर्वेद औषधि सार्वजनिक गर्दै कोभिड–१९ निको हुने दाबी गरेको थियो । यो औषधि जयपुर नजिकको निजी संस्था निम्सको सहयोगमा कोरोनाभाइरस संक्रमित बिरामीहरुमा ‘क्लिनिकल ट्रायल’ गरिएको दाबी गरिएको थियो ।

वकिल बलवीर जाखड लगायत केही व्यक्तिले गरेको गुनासोका आधारमा शनिबार जयपुरको ज्योति नगर पुलिस स्टेशनमा एफआईआर दर्ता भएको थियो । त्यहाँका प्रहरी अधिकारी अशोक गुप्ताका अनुसार धेरै गुनासो रामदेवले बिनाआधार औषधि विकास गरेको दाबी गरेको धेरै गुनासा थिए । अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन ।

प्रहरीमा दिइएको उजुरीमा रामदेवले मानिसहरुको जीवन जोखिममा पारेको जनाइएको छ । उनले केन्द्र वा राजस्थान सरकारलाई औषधि परक्षणबारे कुनै जानकारी पनि दिएका छैनन् । तर औषधि सार्वजनिक गर्दै उत्पादक कम्पनी पतञ्जली आयुर्वेदले सबै कानूनी औपचारिकता पूरा गरेको जनाएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top