Nepal Times
Nepal Times
3
Shares

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

८ कात्तिक, काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ। उनले शनिबार बिहान ट्वविटमार्फत आफु सँगै श्रीमती हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

भट्टराईले ट्वविटमा लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’

उनले चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु ‘होम आइसोलेसन’मा नै रहेको बताएका छन् । उनले लेखेका छन्, ‘ चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.