Nepal Times
Nepal Times
3
Shares

बारामा जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई जनाको ज्यान गयो

बारामा जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई जनाको ज्यान गयो

६ असार, बारा ।

बाराको सिमरामा रहेको जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् ।

आगलागीमा परि भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारको सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आगलागीमा परि रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी र नवराज चौलागाईं घाइते भएका र उनीहरुको सिमरामा उपचार भइरहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

पाइप वेल्डिङ्ग गर्ने क्रममा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.