Nepal Times
Nepal Times
3
Shares

बारामा प्रहरी र तस्करबीच झडप : ३ जना घाइते, ७ राउण्ड हवाइ फायर

बारामा प्रहरी र तस्करबीच झडप : ३ जना घाइते, ७ राउण्ड हवाइ फायर

१३ कात्तिक, बारा ।

प्रहरी र तस्करबीच झडप हुँदा दुई प्रहरी सहित तीन जना घाइते भएका छन् ।बाराको सुवर्ण गाउँपालिका वडा नम्बर २ कवहीगोठ टोल भएर बुधबार राती करिब ७ बजे भारतबाट आठ बोरा प्याजनेपाल भित्र्याउँदै गरेको अवस्थामा पक्राउ गरि जिल्लाबाट गाडी बोलाएर पठाएपछि भइ झडप भएको हो ।

झडप नियन्त्रण गर्न प्रहरीले करिब १० राउन्ड हवाई फायर गरेको बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज पाण्डेले बताए । उनका अनुसार झडपबाट ईलाका प्रहरी कार्यालय कवहीको प्रहरी नायब निरीक्षक बिरेन्द्र गिरी, नाम नखुलेको एक प्रहरी जवान र एक जना तस्कर वा सर्वसाधारण घाइते भएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.