Nepal Times
Nepal Times
3
Shares

बारामा सिमेन्ट बोकेको ट्रकमा आगलागी

बारामा सिमेन्ट बोकेको ट्रकमा आगलागी

२१ वैशाख, वीरगञ्ज । बारामा सिमेन्ट बोकेको ट्रकमा आगलागी भएको छ ।

हेटौंडाबाट सिम्रौनगढ तर्फ आउँदै गरेको सिमेन्ट बोकेको ना.४ ख. ९५९८ नम्बरको ट्रकमा आगलागी भएको हो । आगलागीबाट करिब २ लाख ५६ हजार मूल्यको सिमेन्ट ४ सय २० बोरा र १५ लाख ४४ हजार रुपैयाँको ट्रकमा क्षति पुगेको छ ।

बाराको कोल्हवी नगरपालिका– ४ स्थित तामागढी कोल्हबी सडकखण्डमा बिहान ९ः१० बजे ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ट्रकको पछाडिको चक्का पड्किएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय निजगढ, अस्थायी प्रहरी पोष्ट झुरझुरबाट ११ जना प्रहरी टोली र दुईवटा दमकलको सहयोगमा ९ः४५ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.