×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम खोजिँदै

२४ चैत्र २०७५

काठमाडौँ : नेपालको बारा, पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम राख्न विज्ञहरू बहसमा जुटेका छन् । यसरी भूमरी जसरी सोली आकारमा आएकाले यसको नेपाली नामकरण स्थानीय परिचय दिने गरी राखिनुपर्ने बहस चलेको छ ।

सोही अनुसार नै जल तथा मौसम विज्ञान विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय स्थित वातावरण विभागलगायत मौसमको क्षेत्रमा काम गरिरहेका विज्ञहरू नामकरणमा जुटेका हुन् ।

वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले भने, “बारा, पर्सामा अध्ययन गर्न गएको टोलीले ल्याउने विवरणसँगै नामका बारेमा थप छलफल हुनेछ, स्थानीय पहिचान दिनेगरी नाम राख्न जरुरी हुन्छ ।”

सेन्टिनियल स्याटलाइटले १० मिटर ‘स्प्याटुअल रिजोलुसन’मा खिचेको तस्बिरको अध्ययनपश्चात् नेपालमा टोर्नाडो आएको पुष्टि मौसमविद्ले गरेका थिए ।‘स्प्याटुअल रिजोलुसन’ भन्नाले कुन क्षेत्र र कति विस्तृत विवरण देखायो भन्ने हुन्छ । एक पिक्सल बराबर १० मिटर लम्बाइ र १० मिटर चौडाइ क्षेत्रको विवरण तस्बिरमा थियो ।

त्यो विश्लेषणले टोर्नाडो आएको प्रस्ट पारेपछि नै टोली तत्काल बारा, पर्सा अध्ययनमा जुटेको विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए ।टोर्नाडोबाट बारा र पर्सा जिल्लामा २९ जनाको मृत्यु हुनुका साथै झण्डै २५ सय घर क्षतिग्रस्त भएका छन् । नेपालमै पहिलो पटक यसरी अमेरिकामा आइरहने जस्तै टोर्नाडो यहाँ देखिएको वैद्यले बताए । अमेरिकी क्षेत्रमा बढी आइरहेको टोर्नाडो पछिल्लो समय दक्षिण एसियाली मुलुकको ङ्गलादेशबाहेक अन्यत्र देखिएको थिएन ।,यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top