×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बारा र पर्सामा एकै दिन १० जनामा संक्रमण, सीमा नाकामा बेपरवाह आउजाउ

१० चैत्र २०७७

१० चैत, बारा । भारतमा कोरोना संक्रमण दर फेरि बढ्दो क्रममा छ । यससँगै नेपालसँग सीमा जोडिएको प्रदेश २ का बारा र पर्सामा सोमबार एकै दिन १० जना संक्रमित थपिएका छन् ।

प्रदेश २ मा केही महिनायता कोरोना संक्रमण दर शून्यमा झरेकोमा सोमबार भने एकैसाथ १० जना संक्रमित थपिँदा त्रास बढेको छ ।

जनकपुरस्थित प्रदेश २ स्वास्थ्य निर्देशनालयले जारी गरेको बुलेटिनमा नारायणी अस्पताल वीरगञ्जमा २४ घण्टाभित्र ५० जनामा गरिएको स्वाब परीक्षणमा १० जना संक्रमित भेटिएको उल्लेख गरिएको छ । पर्साका एक संक्रमित दुई साताअघि भारतको मुम्बईबाट फर्किएका थिए ।

संक्रमण दर उच्च भएका भारतीय क्षेत्रमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । चिकित्सकले नाकामा स्वास्थ्य सर्तकता अपनाउन सुझाइरहे पनि नेपाल छिर्नेलाई सीमाका सुरक्षाकर्मीले सामान्य सोधपुछ मात्र गरिरहेका छन् । स्वास्थ्य सचेतनाका काम गर्न सकेका छैनन् ।

नेपाल प्रवेशका मूल नाकाहरुमा सतर्कताबिना मानिसको खुलेआम आउजाउ भइरहेको छ जसले गर्दा कुनै पनि बेला महामारीको दोस्रो लहर नेपाल भित्रिन सक्ने विज्ञहरुको विश्लेषण गरिरहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top