×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बारा र बाँकेमा व्यवसाय सञ्चालन गर्ने अनुमति, पर्सामा शुक्रवारदेखि जोर–बिजोर प्रणाली

२२ जेष्ठ २०७७

२२ जेष्ठ, कलैया ।
बाराको कलैयामा बिहीवारदेखि लकडाउनलाई खुकुलो पारिएपछि व्यापार–व्यवसायहरू सञ्चालन हुन थालेका छन् भने छिमेकी जिल्ला पर्सामा शुक्रवारदेखि त्यसो गर्न दिइने निर्णय प्रशासनले गरेको छ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले विज्ञप्ति जारी गर्दै आलोपालो प्रणालीअनुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिएका छन्।पर्साको वीरगन्ज र अन्य क्षेत्रमा शुक्रवारदेखि जोर–बिजोर प्रणाली लागु गरेर व्यापार–व्यवसाय सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

कोरोनाभाइरस महामारी फैलिन नदिन सरकारले लगाएको लकडाउनका कारण बारा र पर्सामा पनि उद्योगधन्दाहरू हप्तौँदेखि बन्द थिए। लकडाउनका कारण आफ्नो व्यवसाय धराशायी भएको भन्दै उद्योगी तथा व्यापारीहरूले विरोध गर्न थालेका थिए।

किन दिइयो अनुमति?
सरकारले गत चैत ११ देखि चरणबद्ध रूपमा लगाएको लकडाउन जेठ २० गते सम्म कायम थियो।

उक्त अवधि सकिएपछि स्थानीय प्रशासनले व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न अनुमति दिएको बताइएको छ। लकडाउनका कारण अर्थतन्त्रमा परेको परेको असरलाई दृष्टिगत गर्दै जोर–बिजोर प्रणालीअनुसार व्यवसाय सञ्चालनको अनुमति दिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

बारामा जिल्ला सुरक्षा समितिको बैठक बसी उक्त निर्णय गरिएको बताइएको छ। तर व्यवसाय तथा पसलहरू सञ्चालन गर्दा तोकिएको प्रावधान पालना नगरेमा सेवा वा व्यवसाय बन्द गराई सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुनबमोजिम कारबाही चेतावनी प्रशासनले दिएको छ।

प्रदेश नं २ का दुई जिल्ला बारा र पर्सामा दर्जनौँ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। धेरै मानिस अहिले पनि क्वारन्टीनमा छन्। सडक तथा पसलमा भिडभाड बढ्न थालेपछि सङ्क्रमण झन् फैलिने हो कि भन्ने चिन्ता सर्वाधारणमा देखिएको छ।

बाँकेमा पनि अनुमति
बाँकेमा सर्वदलीय र सर्वपक्षीय बैठकपछि प्रशासनले बिहीवारदेखि आलोपालो पसलहरू खोल्ने अनुमति दिएको छ।

सर्वसाधारणको मागलाई दृष्टिगत गरी लकडाउनलाई व्यवस्थति गर्दै व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरिएको जानकारी बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन्।

प्रशासनले जारी गरेको सूचनाअनुसार आइतवार र बुधवार मोबाइल, इलेक्ट्रोनिक्स, स्टेशनरी, फोटो स्टुडियो, छापाखाना, फर्निचर, फर्निचर तथा भाडा पसल अनि मङ्गलवार र शुक्रवार अटोमोबिल, कोल्डस्टोर, मोटरसाइकल तथा अन्य पसल सञ्चालन हुने पाउनेछन्।

सोमवार र बिहीवार कपडा, फ्यान्सी, जुत्ता, कस्मेटिक, चस्मा तथा गरगहनाका पसल सञ्चालन हुने पाउनेछन्। औषधि पसल, दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री, मलखाद तथा बीउबिजनका पसल प्रत्येक सञ्चालन गर्न पाइने निर्णय भएको छ।

ब्याङ्क तथा वित्तीय संस्था सार्वजनिक बिदाको दिनबाहेक सबै दिन खुल्नेछन्। आलोपालो व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको प्रशासनले अघिल्लो निर्णयबमोजिम बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र पसल खोल्न पाइने जनाइएको छ।(बीबीसी)

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top