Nepal Times
Nepal Times
3
Shares

बार्सिलोनालाई ३-१ ले हराउँदै रियल म्याड्रिड शीर्ष स्थानमा

बार्सिलोनालाई ३-१ ले हराउँदै रियल म्याड्रिड शीर्ष स्थानमा

९ कात्तिक, एजेन्सी ।

स्पेनिस च्याम्पियन रियल म्याड्रिडले ला लिगा अन्तर्गत  भएको बार्सिलोनाविरुद्ध एल क्लासिकोमा जित हासिल गरेको छ । शनिबार क्याम्प नोउमा भएको खेलमा रियल ३-१ ले विजयी भएको हो ।

खेल सुरु भएको पाँचौँ मिनेटमै रियल म्याड्रिडका लागि फेडेरिको भालभर्डेले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटमै बार्सिलोनाका लागि अन्सु फाटीले बराबरी गोल फर्काएका थिए । खेलको ६२औं मिनेटमा रियल म्याड्रिडले पेनाल्टी पाएको थियो । रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले पेनाल्टीलाई गोलमा परिणत गर्दै बार्सिलोनासँगको खेलमा टिमलाई महत्वपूर्ण तीन अंक दिलाउन सफल भए ।

बार्सिलोनाको डिबक्स एरियामा क्लेमा ल्याङ्ग्लेले सर्जियो रामोसको जर्सी तानेका थिए । सुरुमा रेफ्रीले खेल जारी राखे पनि भिडियो असिस्टेन्ट रेफ्री(भार) ले भने उक्त निर्णय उल्टाउँदै रियललाई पेनाल्टीको अवसर दिएको थियो । खेलको ९०औं मिनेटमा रियल म्याड्रिडका लागि लुका मोड्रिचले अतिरिक्त एक गोल थपेका थिए ।

यस जितसँगै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । रियलको ६ खेलमा १३ अंक छ । बार्सिलोना भने ५ खेलमा ७ अंक जोड्दै लिग तालिकाको दशौं स्थानमा रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.