×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बालुटारमा अब पार्टी बैठक नहुने, ओली जनमत अनुशार चल्ने

१७ श्रावण २०८१

१७ साउन ,काठमाण्डौ ।

आफ्नो प्रधानमन्त्रीको चौथो कार्यकालका लागि सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सत्ता हस्तान्तरणको लिखित सहमति गरी प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीको कुनै पनि बैठक आफ्नो सरकारी निवास बालुवाटारमा नगर्ने भएका वाटारमा नगर्ने भएका छन् ।

आफू जनताले दिएका सुझाव अनुशार चल्ने भन्दै उनले आगामी दिनमा पनि जनताले दिएको सुझाव अनुशार नै अघि बढ्ने वचन दिएका छन् । जनताबाट आएको सुझाव मनन् गर्दै सरकारी निवासमा पार्टी बैठक नराख्ने निर्णय गरेको उनले बताएका छन् ।

त्यसैले आजको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा डुबानका कारण राख्न सम्भव नभएकाले होटेलमा बस्ने पनि उनले स्पष्ट पारेका छन् । “मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु,” एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “आज हाम्रो पार्टीको सचिवालय बैठक छ ।

मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ ।” यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद ! उनले जनताको सुझाव अनुशार नै यो निर्णय गरेको जनाउ दिएका छन् । एमाले सचिवालय बैठक आज होटेल बसेरामा बस्दै छ ।

यसअघिका प्राय प्रधानमन्त्रीहरुले पार्टीका हरेक बैठकहरु वालुवाटारमा नै गर्दै आएका थिए । यो सूचीमा यसअघि ३ पटक प्रधानमन्त्री बनिसकेका ओली समेत रहेका छन् । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवाले पनि प्रधानमन्त्री बनेपछि पार्टीका बैठक बालुवाटारमा नै गर्ने गरेका थिए ।

सरकारी निवासमा पार्टी बैठक हुँदा सार्वजनिक सम्पत्तिको संरक्षक हनुपर्ने देशको सर्वोच्च कार्यकारीको सरकारी निवास नै राज्यको ढुकुटी व्यक्ति वा पार्टीको स्वार्थमा दोहन गर्ने मुहान हुनेगरेको भन्दै यसअघि पनि आलोचना हुने गरेको थियो । प्रधानमन्त्री निवासमा पार्टीका बैठक बस्दा सरकारी स्रोत, साधन र सुविधाको दोहन हुने टिप्पणी हुने गरेको छ ।

कतिले सरकारी निवासमा बैठक बोलाएर सरकारी बजेटको दुरूपयोग गरेको टिप्पणी गर्ने गरेका छन् भने कतिले सरकारी निवासमा पार्टीको बैठक बोलाउनु स्वाभाविक भएको बताउने गरेका छन्। पार्टीको बैठक सरकारी निवासमा गर्दा सरकारी निवासलाई पार्टी कार्यालय बनाएको टिप्पणी पनि हुने गरेको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top