Nepal Times
Nepal Times
3
Shares

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता चल्दै

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता चल्दै

२३ असार, काठमाडौं ।
पार्टीभित्रको विवाद मिलाउन नेकपाका दुई अध्यक्षबीच आज पनि एक्लाएक्लै भेटवार्ता भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका हुन् ।  पछिल्लोपटक बढेको विवाद मिलाउन पहिले दुई अध्यक्षबीच मात्रै छलफल गर्ने र आवश्यक परेमा मात्र अरु नेताहरुलाई सहभागी गराउने सहमति भएको छ ।

दुई अध्यक्षबीचको भेट सकारात्मक बन्दै गएको नेताहरुको भनाई छ । पार्टीको स्थायी कमिटी बैठक र सामूहिक छलफल स्थगित गरेर नेकपाका दुई अध्यक्षले एक्लाएक्लै भेटको रणनीति अपनाएका हुन् । हिजो पनि प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच भेट भएको थियो ।

दुई अध्यक्षबीच सहमति जुट्यो भने त्यसैका आधारमा अन्य नेतासँग छलफल गर्ने ओली–प्रचण्डको तयारी छ । सहमति खोज्न भन्दै स्थायी कमिटी बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.