×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बालुवाटारमा जग्गा किनेर फस्यो एनआरएनए, सरकारी सम्पत्ति अपचलन गर्नेमाथि कारवाहीको माग

२७ माघ २०७६

२७ माघ, काठमाडौं ।
गैर आवासीय नेपाली संघले सरकारी सम्पत्ति हिनामिना गर्नेमाथि कडा कारवाही हुनुपर्ने जनाएको छ।

बालुवाटारमा जग्गा किनेर आफ्नो कार्यालय भवन बनाइरहेको संघ प्रवक्ता डीबी क्षेत्रीले सोमबार विज्ञप्ति जारी गर्दै बालुवाटार जग्गा प्रकरणमा संघ पनि ठगीमा परेर पीडित भएको जनाएका छन्।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघलाई समेत विपक्षी बनाई मुद्दा दायर गरेको खवरप्रति संघको ध्यानाकर्षण भएको भन्दै क्षेत्रीले स्पष्टीकरण दिएका हुन्।

संघले २०७२ जेठ १४ मा १२ करोड ७२ लाख रुपैयाँ वैधानिक रुपमा बैंकमार्फत भुक्तानी गरेर बालुवाटारको ३ रोपनी जग्गा किनेको विज्ञप्तिमा उल्लेख छ। सम्बन्धित निकायबाट अनुमति लिएर भवन पनि निर्माण भइसकेको उनले जनाएका छन्।

संघले खरिद गर्न लागेको जग्गाको विवरणसहित राजस्व मिनाहाका लागि नेपाल सरकारमा निवेदन दिएको थियो। भूमीसुधार तथा व्यवस्था मंत्रालयको प्रस्ताव अनुसार ०७२ बैशाख ३१ को मन्त्रीपरिषद्को निर्णयबाट ५० लाख ८८ हजार बराबरको राजश्व समेत मिनाहा भएको थियो।

विधिवत रुपमा संघको नाममा जग्गा पास भएपछि अनुमति लिएर निर्माण प्रक्रिया थालिएको भवनबाट एनआरएनएले आफ्ना नेपाल गतिविधि सञ्चालन गरिरहेको छ।

संघ मुलुकको कानुनको अक्षरस पालना गर्नु पर्छ भन्ने कुरामा प्रतिबद्ध छ । राज्यको संपत्तिको हिनामिना हुनु हुँदैन र हिनामिनामा संलग्न व्यक्ति माथि कडा कारवाही हुनु पर्छ भन्ने कुरामा आम नेपाली नागरिक सरह हाम्रो पनि चासो र सहमति छ, विज्ञप्तिमा भनिएको छ, हामी कुनै पनि अवस्थामा सरकारी सम्पत्तिलाई कानुन बिपरित निजि बनाउन दिनु हुँदैन भन्ने पक्षमा छौं।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top