×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बालेनका दुई रुप,विहान बालेन्द्र शाह, बेलुका बालेन ?

२२ जेष्ठ २०८१

२२ जेठ, काठमाण्डौ ।

हुन् त सामाजिक संजालमा लेखेकै भरमा कार्यान्वयनमा गएको निर्णय सर्वाेच्च अदालतले केही दिन अघि मात्रै उल्टाएको छ । तर अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको फेसबुक स्टाटस र कमेन्टका कारण देशको दोस्रो सबैभन्दा ठूलो दल नेकपा एमालेमा तरंग पैदा गरेको छ । जसको आभास मंगलबारको प्रतिनिधिसभाको बैठकमा एमालेका सचिव समेत रहेका सांसद योगेश भट्टराईको अभिब्यक्तिले प्रष्ट पारिसकेको छ ।

उनले बालेनलाई प्रष्ट रुपमा चेतावनी दिँदै आफ्नो अधिकारक्षेत्र र सीमा नभुल्न भन्दै आफू मेयर भएको नविर्सिन सुझाएका छन् । पछिल्ला केही दिन यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह अधिक चर्चामा छन् । ओली झापाको गिरीबन्धु टी स्टेट जग्गाको प्रकरणले चर्चामा छन् भने बालेन ओलीमाथिको आक्रोश र न्यूरोडको सडकका कारण चर्चामा छन् ।

गिरीबन्धुका विषयमा सर्वाेच्च अदालतको पूर्ण फैसला आएपछि यस घटनामा तत्कालीन प्रधानमन्त्रीका रुपमा ओलीको सम्लग्नता रहेको भन्दै प्रतिपक्ष दलका नेताहरुले मिश्रित रुपमा ओलीलाई दोषी देखाउँदै छानविन गर्नुपर्ने र नैतिक रुपमा जिम्मेवारी लिनुपर्ने बताइरहेका छन् । यद्यपि नेपाली कांग्रेसले यस विषयमा औपचारिक रुपमा ओलीलाई यस प्रकरणमा जोड्ने गरी पार्टी निर्णय गरिसकेको छैन् ।

तर यही प्रकरणलाई लिएर बालेन भने ओलीविरुद्ध खुला रुपमा खनिएका छन् । सोमबार विहान ९ बजेर ५२ मिनेटमा बालेनले ओलीको नाम उल्लेख गर्दै सामाजिक संजालमा लेखे, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला केपी ओलीज्यू! झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ ।

गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन,’ मेयर बालेनले ’यही १० हजार करोडको काण्ड’ लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा काठमाडौं महानगरपालिकाले बनाउन लागेको फुटपाथ फेरि सडकमा परिणत गर्न थालेको आरोप लगाएका छन् ।

‘अब बल्ल देश बन्ने भएछ! आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं। अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो,’ उनले भनेका छन् । बालेनको यो स्टाटसले एमालेभित्र तरंग नै पैदा गर्याे । यसले स्वयम ओलीलाई पनि आक्रोशित तुल्यायो । यसैले त गिरीबन्धुको विषयमा ओलीले बालेनलाई सोध्न आक्रोशपूर्ण प्रतिक्रिया दिए ।

सोमबारको दिनभर तरंगित बनाएको बालेनको यो स्टाटसलाई मथ्थर पार्ने गरी बालेनले नै फेरि सोमबार राति ९ बजेर २ मिनेटमा ओलीले सामाजिक संजालमा पत्नी राधिका शाक्यसँग गोसाइँकुण्डको फोटो सार्वजनिक गरे । ओलीले फोटोको क्याप्सनमा लेखेका छन्, ‘फेसबुक नहेरेको पनि झण्डै एक साता पुग्न लागेछ । राधिका र म गोसाइँकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो । यो गर्मीमा गोसाइँकुण्ड सम्झँदा पनि शीतल महसुस हुन्छ । शुत्र रात्रि ।’

यो स्टाटसमा कमेन्ट गर्दै काठमाडौंमा मेयर बालेन्द्र शाह सांगितिक क्षेत्रमा कुशल तथा चर्चित र्यापर बालेनका रुपमा देखा परे । उनले ओलीको स्टाटसमा कमेन्ट गर्दै स्टाटस लेखेको १३ मिनेटपछि ९ बजेर १५ मिनेटमा कमेन्ट सेक्सनमा लेखेका छन्, ‘ओ ! हो गुड नाइट केपी बा, ह्याभ ए स्वीट ड्रिम ।’ विहान ओलीका बारेमा त्यतिसम्म गम्भिर आक्षेप लगाएका बालेन बेलुका भने स्वीट ड्रिम विस गर्न पुगेका छन् ।

यो समाचार तयार पर्दासम्म ओलीले पोस्टलाई ६० हजारबढीले रियाक्ट गरेका छन् भने १७ हजारभन्दा बढीले कमेन्ट गरेका छन् । तर, बालेन शाहले गरेको कमेन्टमा भने९७ हजार बढीले रियाक्ट गरेका छन् । जहाँ ४ हजार जनाले बालेनको कमेन्टमा कमेन्ट गरेका छन् । सोमबारको दिनभरको यो जुहारीपछि आज मंगबार भने एमाले संसदमा बालेनप्रति आक्रोशित रुपमा उपस्थित भएको छ ।

एमाले सांसद योगेशले बालेनलाई भनेका छन्, बालनजीलाई म भन्न चाहन्छु तपाईको आमा पवित्र हुनुहुन्छ, तपाईको आमाप्रति शंका नगर्नुस तर तपाईँका गतिविधिले आफ्नै आमाको अस्तित्वमाथि बारम्बार तपाई नङ्ग्याउँदै हुनुहुन्छ, प्रश्न उठाउँदै हुनुहुन्छ भने यो समाजलाई तपाई कता लाँदै हुनुहुन्छ ? तपाई काठमाडौँ महानगरको प्रमुख हो नभुल्न अनुरोध गर्दछु ।

हरेक व्यक्तिका आफ्ना सीमा छन्, अधिकार छन्, कानुनले अधिकार दिएको छ, कानुनले सीमा तोकेको छ, त्यो सीमा र अधिकारभित्र हामी बस्नुपर्दछ । नेताहरूलाई गाली गलौच गर्नु, आफ्ना अभिभावक जस्ता नेता, यो देशको लोकतन्त्र र गणतन्त्र ल्याउन लडेका नेकपा एमालेका नेतृत्वमाथि गालीगलौज गर्नु आफैले आकाशतिर फर्किएर थुकेपछि त्यो कहाँ झर्छ भन्ने कुरा बालेनजीलाई थाहा हुनुपर्छ ।

आज मैले यो बोलिरहँदा बालेनजीका साइबर ग्याङले हामीलाई लखेट्न खोज्लान् तर त्यसबाट हामीले डराउनुपर्ने छैन । साइबर ग्याङले राजनीतिलाई थाम्न सक्दैन, त्यो क्षणिक हुन्छ, उत्तेजनामा हुन्छ, मनोरञ्जनको रूपमा हुन्छ । राजनीतिलाई दिगो बनाउन साइबर ग्याङबाट टिक्न सकिँदैन । संसदमा आफू आफूप्रति आएको टिप्पणीप्रति बालेनले अहिलेसम्म भने प्रतिक्रिया जनाइसकेका छैनन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top