×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बालेनको टोलीले गर्यो ४० सहकारीको अनुगमन, पूर्वमन्त्रीको दबाब

१२ असार २०८१

११ असार , काठमाण्डौ।

काठमाडौं महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा पर्ने ४० वटा सहकारी संस्थाको अनुगमन सकेको छ । राजनीतिक दबाबकाबीच बालेन्द्र शाहको नेतृत्वमा रहेको महानगरले चालु आर्थिक वर्षमा ४० वटा सहकारी संस्थाको अनुगमन गर्ने कार्ययोजना बनाएको थियो । कार्य योजनाअनुसार सबै सहकारीको अनुगमन सकेको महानगरका सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले बताएका छन् ।

सहकारी संस्थाहरुमा समस्या बढ्दै गएपछि विभागमा परेको उजुरी र गुनासो लगायतका आधारमा अनुगमन गरेको थियो । अघिल्ला बर्षहरुमा केही सहकारीको मात्रै अनुगमन गरेको विभागले यो वर्ष भने करिब ३ महिनाको अवधिमा ४० वटा संस्थाको अनुगमन सकेको छ । महानगरले चैत तेस्रो साताबाट सहकारीको अनुगमन सुरु गरेको थियो ।

४० वटा सहकारीको अनुगमन गर्दा महानगरले २ वटा सहकारी संस्थाको फाइल थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पठाएको छ । विभागले कालिमाटीमा रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्था र स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको फाइल थप अनुसन्धानका लागि सीआईबीमा पठाएको हो ।

दुबै सहकारीको कारोबार शंकास्पद देखिएपछि फाइल ब्यूरोमा पठाएको महानगरले जनाएको छ । महानगरले अनुगमन गरेको सहकारीमध्ये अन्य केही सहकारीलाई पनि थप अनुसन्धानका लागि सीआईबीमा पठाइने बताइएको छ । महानगरले केही सहकारीमा अनुगमन गर्दा राजनीतिक दलका नेताहरुको दबाब समेत झेलेको जनाएको छ ।

‘अनुगमनका क्रममा केही पूर्व मन्त्री, नेताले निकै दबाब दिएका थिए तर मेयरसा’ब टसमस हुनु भएन,’ एक कर्मचारीले भने, ‘जसले गर्दा अनुगमन तोकिएको समयमा नै सकियो ।’ कतिपय सहकारीमा नेताहरुको प्रत्यक्ष, परोक्ष रुपमा संलग्नता रहेको, केही सहकारीमा नेताका आफ्mन्त समेत रहेको पाइएको छ । महानगर अनुगमन गर्दा कुनै संस्थाले गलत गरेको पाइएमा कानूनअनुसार निर्ममरुपमा कारबाही गर्ने तयारीमा जुटेको छ ।

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) पनि त्यही पक्षमा देखिएका छन् । अनुगमन गरेर केही सहकारीलाई थप स्पष्टिकरण सोधिएको छ । जसमा केहीको जवाफ आएको र केही आउने क्रममा रहेको बताइएको छ । सबै सहकारीले जवाफ पठाएपछि उनीहरुको जवाफ हेरेर सुझाव दिने वा कानूनी कारबाही गर्नु पर्ने कस्तो कारबाही गर्ने भन्ने यकिन गर्ने महानगरका सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले बताएका छन् ।

विभागले सबै सहकारीको प्रतिवेदन तयार पारेपछि कारबाहीका लागि प्रमुख प्रशासकीय अधिकृतलाई सिफारिस गर्ने छ । यो पटक विभागले राम्रोसँग चलेका, समस्यामा रहेका सबैखाले संस्थाको अनुगमन गरेको जनाएको छ । हाल काठमाडौं महानगरपालिकाको कार्य क्षेत्रमा १९२३ सहकारी संस्था रहेका छन् । ९५५ सहकारी संस्था अझै महानगरपालिकाको सम्पर्कमा आएका छैनन् ।

काठमाडौं महानगरपालिकाभित्र कार्यक्षेत्र बनाएर दर्ता भएका तर सम्पर्कमा नभएका ९५५ सहकारीको दर्ता खारेजी प्रक्रिया सुरु गर्न विज्ञहरुले सुझाव दिएका छन् । सहकारी विज्ञ काशीराज दाहालले सम्पर्कमा नआउने सहकारीलाई खारेजी गर्नुपर्ने बताउँछन् । महानगरपालिका कार्य क्षेत्र भएका १ हजार ९२३ सहकारी संस्थामध्ये गएको आर्थिक वर्षको अन्त्यसम्ममा ९६८ सहकारी मात्र अद्यावधिक भएका छन् ।

सहकारी विभागका प्रमुख बलराम त्रिपाठीकाअनुसार सहकारी ऐनको संशोधित व्यवस्थाअनुसार २५ करोड रुपैयाँसम्मको कारोवार भएका सहकारीको नियमन स्थानीय तहबाट, २५ करोड रुपैयाँदेखि ५० करोड रुपैयाँसम्मको कारोबार हुने सहकारीको नियमन प्रदेश र ५० करोड रुपैयाँभन्दा धेरै कारोवार गर्ने सहकारीको नियमन संघीय सरकारबाट हुने व्यवस्था छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top