×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बालेनको नाम किन गुण्डागर्दीसँग जोडियो ?प्रभु साह खनिए

२७ माघ २०८१

२७ माघ , काठमाण्डौ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसंग खासगरी प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु, एमालेका महेश बस्नेतसहितका नेताहरु मात्रै होइन अघिल्लो सरकारको समयमा पनि सामाजिक संजालदेखि महानगर अन्तर्गतको कामकारबाहीमा क्रममा टकराव देखिने गरेको छ ।

बालेनविरुद्ध बोल्नेको यो सूचीमा आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साह पनि थपिएका छन् । साहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि गुण्डागर्दीको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काठमाडौं महानगरले गुण्डागर्दी गरिरहेको टिप्पणी गरेका हुन् । महानगर प्रहरीद्वारा टेकुस्थित कवाड मजदुरहरूमाथि आक्रमण गरेको प्रसंगमा साहले यस्तो आरोप लगाएका हुन् ।

उनले सबै नागरिकको जिउधनको सुरक्षाको मागसमेत गरे । ‘टेकुको कवाडमा काम गर्ने मजदुरहरूमाथि साङ्घातिक हमला भएको छ । कथित महानगरको प्रहरी भन्नेहरूको जत्थाले हमला गरेका छन् ।

धेरै घाइते भएका छन्’, उनले भने, ‘म आग्रह गर्न चाहन्छु, कानुन र अदालतको आदेशविपरीत काठमाडौं महानगरले गुण्डागर्दी प्रस्तुत गरिरहेको छ । यो सरकार कानुन बहालीको सक्षम हो होइन, हो भने सबैको जिउधनको सुरक्षा गरोस्।’

आइतबार कवाडी खाली गर्ने क्रममा भएको झडपमा महानगर प्रहरीको लाठी चार्ज र आक्रमणमा परेर ४ जना श्रमिक घाइते भएका थिए । टेकुस्थित एक कबाड गोदाममा महानगरपालिकाले डोजर चलाएको थियो ।

गोदामका मजदुरहरू प्रतिकारमा उत्रँदा झडप भएको हो । सो क्रममा ४ मजदुर घाइते भएका छन् । नगर प्रहरीको कुटाइबाट उनीहरू घाइते भएका कबाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले बताए ।

गुप्ताका अनुसार घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यस्तै २ जना नगर प्रहरी पनि घाइते भएको बताइएको छ । कवाडी गोदाम हटाउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बललाई कवाड व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको हो ।

नगर प्रहरीको टोली डोजर लिएर कवाडी संकलन केन्द्र भत्काउन पुगेको थियो । तर, कवाड मजदुरहरूले प्रतिवाद गर्न खोजेपछि झडप भएको महानगरले जनाएको छ । काठमाडौं महानगरको नगर प्रहरी बलका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीले कवाडी व्यवसायीले बोत्तल प्रहार गरेको र आत्म सुरक्षा गर्ने क्रममा दोहोरो झडपको स्थिति आएको बताए ।

‘हामीले अवैध संरचना हटाइरहेका छौं, सोही क्रममा टेकु पुगेका थियौं । हामी जाने बित्तिकै उनीहरूले सिसाको बोत्तल हान्न थाले, हाम्रा दुई प्रहरी पनि घाइते भएका छन्, हामीले आत्मसुरक्षा गर्दा केही कवाडी व्यवसायी पनि घाइते भएका होलान,’ जोशीले भनेका छन् ।

बालेनविरुद्ध नेताहरूको आलोचनाको क्रम जारी रहे पनि काठमाडौं महानगरवासी मात्र होइन, उपत्यका बाहिरका हजारौं युवा आफ्ना स्थानीय तहमा पनि बालेनकै जस्तो जनप्रतिनिधि खोजिरहेका छन्।

बालेनप्रति समर्थन अझै पनि उत्तिकै बलियो छ, किनभने जनताले परिवर्तन देख्न चाहेका छन्, गफ होइन, काम गर्ने नेतृत्व खोजिरहेका छन्। राजनीतिक दलका नेताहरूले आलोचना गरे पनि बालेन शैलीको इमानदार, निडर र प्रभावशाली नेतृत्व खोज्ने लहर अझै यथावत देखिन्छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top