×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बालेनको पत्र ज्ञानेन्द्रले बुझेनन्, अब के हुन्छ जरिवाना ?

१६ चैत्र २०८१

१७ चैत , काठमाण्डौ।

चैत १५ को काठमाडौं तीनकुनेको राजा फर्काउने भनिएको राजावादीहरुको अराजक आन्दोलनका क्रममा प्रदूषण गरिएको भन्दै काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिएको जरिवाना तोकेको पत्र निर्मल निवासले फर्काइदिएको छ ।

शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभावी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेकोमा काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।

उक्त पत्र लिएर आइतबार महानगर प्रहरीको टोली निर्मल निवास पुगेको थियो । तर, उनीहरूलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका छन् । ज्ञानेन्द्रकै निर्देशनमा राजावादी प्रदर्शन भएको भन्दै महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र फोहोरमैला गरेको भन्दै महागरले जरिवाना तिर्न भनेको छ ।

शुक्रबार उनको समर्थनका नाममा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीनकुने–कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले ज्ञानेन्द्रलाई जरिवाना तिर्न आठवटा पत्र काटेको छ । महानगरपालिकाले शनिबार बिहान शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएर अध्ययन गरेको थियो ।

ज्ञानेन्द्रकै निर्देशनमा राजावादी प्रदर्शन भएको भन्दै महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र फोहोरमैला गरेको भन्दै महागरले जरिवाना तिर्न भनेको छ ।

ज्ञानेन्द्रका समर्थकले लगाएको आगो निभाउन पुगेको महानगरको दमकलमा तोडफोड भएको थियो भने आइल्यान्ड र रेलिङहरूमा समेत तोडफोड र क्षति पुगेको थियो । मेयर बालेन शाहको सचिवालयले समग्र क्षतिको मूल्याकंन सरकारको छानबिन समितिले गर्ने भएपनि महानगरले आफ्नो क्षेत्राधिकारभत्रिको काम गरेको जनाएको छ ।

महानगरले कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको शीर्षकमा १ लाख, महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख जरिवाना तोकेको छ ।

यस्तै, दमकल तोडफोड गरेको १ लाख ३० हजार र तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोडमा ६३ हजार रुपैयाँ जरिवाना तोकेको छ । यसअघि गएको फागुन २५ गते पूर्वराजाको स्वागतमा आयोजना गरिएको कार्यक्रममा समेत फोहोर गरिएको भन्दै महानगरल राप्रपालाई १ लाख जरिवाना तोकेको थियो ।

जुन जरिवाना पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बुझाएका थिए । त्यसअघि नेकपा एमालेले समेत काठमाडौमा आयोजना गरेको विरोध सभामा वातावरण प्रदूषण गरेको भन्दै महानगरले १ लाख जरिवानाको पत्र काटेको थियो । तर एमालेले अहिलेसम्म उक्त जरिवाना बुझाएको छैन् ।

एमालेले यो कदमलाई बालेनको उदन्डताका रुपमा टिप्पणी गरेको छ । तर अहिले ज्ञानेन्द्र शाहलाई जरिवना पत्र काटिएको विषयमा भने एमाले नेताहरुले खुशी ब्यक्त गरेका छन्।
बालेनलाई केहीले राजावादी भन्ने आरोप समेत लगाउने गरेको देखिन्छ ।

यस्तोमा निर्मल निवासमा बालेनले गोप्य भेट गरेको दाबी समेत गरिएको छ । तर, बालेनले तोकेको जरिवानाले चर्चा भने अनेक किसिमले गर्न थालिएको छ । बालेनले काटेको यो पत्रलाई लिएर राप्रपा नेताहरुले भने असन्तुष्टि जनाएका छन् ।

राप्रपाका नेता तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले बालेन शाह सस्तो लोकप्रियताको दौडमा रहेको टिप्पणी गरेका छन् । जरिवानाको पत्र काटेकोमा असन्तुष्टि जनाउँदै डा. लोहनीले कुन कानूनअन्तर्गत जरिवानाको पत्र पठाइएको भन्ने प्रश्न गरेका छन् ।

राजसंस्था पुनःस्थापना आन्दोलनका एक नेता डा. लोहनीले सात बुँदे वक्तव्यमार्फत मेयर बालने शाहसँग जवाफ मागेका छन् । आफूहरू अहिलेसम्म बालेनका हितैसी रहेको भन्दै विना प्रसंग र आयोजक नै नरहेका व्यक्तिसँग जरिवाना मागिनुले सस्तो लोकप्रियताको दौडमा रहेको बुझिने बताएका हुन् ।

उनले बालेनलाई ७ प्रश्न गरेका छन् । जसमा उनले लेखेका छन् ।
१) चैत्र १५ गतेको राजनैतिक कार्यक्रममा दुई पक्ष थिए । एउटा कार्यक्रम गर्ने पक्ष र अर्को कार्यक्रम गर्न स्वकृति दिने पक्ष अर्थात नेपाल सरकार ।

(२) कार्यक्रम सुरु भएर मञ्चमा बोल्नु अगाडि नेपाल सरकारकों तर्फबाट मकै पड्केको जस्तो गरी मञ्चमा अश्रुग्यास प्रहार भयो।म स्वयं बोल्नेप्रयास गर्दै थिए अश्रुग्यास प्रहार वाट आखा नदेख्ने र स्वास फेर्न पनि गाह्रो अवस्थामा पुगे ।

(३) ठूलो भीडको बिचमा, आफैँले भाषण गर्न स्वीकृति दिएको सभामा र भाषण गर्ने मञ्चमा समेत अश्रुग्यास प्रहार गर्नु कुन नियम, कानून र प्रोटोकलले जायज छ ?
यस्को दोषी को हो ?

४) अश्रुग्यास प्रहारबाट भिड आक्रोशित भएर तितर–बितर भयो । आफूले स्वीकृति दिएर स्वभावतः भइरहेको भाषण र आमसभालाई नेपाल सरकार स्वयंले भाँड्यो र आतङ्कको स्थिति सिर्जना गयो । यो तथ्यलाई बालेनजीले कसरी हेर्नुभएको छ ?

५) यसपछिको आक्रोसित भिड र प्रहरीबीच द्वन्द्व र नोक्सानसमेत भयो ।

६) माथि १ देखि ५ सम्मको घटनामा बालेनको नजरमा राजा ज्ञानेन्द्र शाह कसरी र किन जोडिन पुग्नुभयो ।

७) कानूनबमोजिम यो सब घटनामा स्वीकृति लिने र दिने पक्ष हुँदाहुँदै सबै तथ्य बिर्सिएर राजा ज्ञानेन्द्र शाहलाई जरिवाना भन्ने पत्र पठाउन नेपालको कुन कानून र मान्यताले दिन्छ ?
बालेनजीले जनतालाई राम्रोसँग बताउनुप¥यो ।

अन्यथा यो पत्राचारलाई सस्तो लोकप्रियताको दौडमात्र रहेको बुझ्नुपर्ने भएको छ । महानगरका कानुनी सल्लाहरका अधिवक्ता ओम प्रकाश अर्यालका अनुसार पत्र बुझ्न नमान्दा महानगरसंग पत्रीकामा सूचना निकाल्ने, हुलाक मार्फत चिठी पठाउन पनि सकिने उपाय रहेकोमा हुलाकमार्फत पत्र पठाइएको हो ।

‘सिधै पत्र बुझ्न नपाए अन्य वैकिल्पक प्रक्रिया पनि अवलम्बन गर्ने अभ्यास छ । त्यति हुँदा पनि उठेन भने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार उठाउन सकिन्छ,’ उनले भनेका छन् । ऐनको दफा ४९ अनुसार केन्द्रीय तहसिलको कार्यालयले लगत कायम गरेर असुल उपर गर्न सक्ने व्यवस्था रहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top