×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बालेनलाई युवा संघले थर्कायो,पक्राउ गर्न माग

११ चैत्र २०८१

१३ चैत , काठमाण्डौ।

महानगरका कर्मचारीले तलब सुविधा नपाएको भन्दै सरकारलाई ७ दिने अल्टिमेटम दिएका बालेन शाहलाई नेपाली कांग्रेस समर्थित कर्मचारीहरुले सचेत गराएका छन् भने नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले चेतावनी दिएको छ ।

स्थानीय तह कर्मचारी युनियनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई सामाजिक सञ्जालमा जुहारी नखेल्न आग्रह गरेका छन् । सोमबार ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष नरबहादुर शाहले यस्तो आग्रह गरेका हुन् ।

 

 

उक्त ज्ञापन पत्रमा दुई महिनाभन्दा बढी समयदेखि महानगरपालिका प्रशासनिक नेतृत्वविहीन भएको र यसले कार्यालयको दैनिक सेवा प्रभावित भएको, कर्मचारी र कामदारको तलब भत्ता एवं विकास निर्माणदेखि कार्यालय सामाग्री खरिदको भुक्तानी रोकिएको अवस्थामा नागरिकहरुलाई सहजरुपमा सेवाप्रवाह गर्नसक्ने परिस्थिति निर्माण गर्न आग्रह गरेको हो ।

संघले मुलुककै राजधानी सहरको समग्र व्यवस्थापन प्रणाली नै ठप्प हुँदा पनि सम्बद्ध पक्षमा वाञ्छित संवेदनशीलता नदेखिनु खेदजनक भएको बताएको छ । शासकीय प्रबन्धका विषयलाई जीत हार र स्वार्थसिद्धिको माध्यमका रूपमा लिइएकोमा आपत्ति जनाउँदै विवेकसम्मत निर्णयको आधारमा समस्या समाधानमा लाग्न माग समेत गरेको छ ।

 

प्रमुख प्रशासकीय अधिकृतमाथि भएको कारबाहीको सम्बन्धमा पनि संघले कानुन बमोजिम अघि बढ्न बालेनलाई आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीले गर्ने कार्य सम्पादनमा हुने भ्रष्टाचारजन्य कार्यलाई तथ्य र प्रमाणका आधारमा कानुन बमोजिम दण्डित गर्न लेखी पठाउने लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरी सुशासनको प्रत्याभूति गर्न आग्रह गरिएको छ ।

विगत केही समयदेखि कार्यालयको कामका सिलसिलामा कर्मचारीलाई केही अनधिकृत मानिसले गैर कानुनी दबाब दिने, निम्न स्तरको भाषा प्रयोग गरी कर्मचारीको मानमर्दन गर्ने, त्रासको वातावरण सिर्जना गर्ने काम गरेको भन्दै हुकुमी शैलीको प्रशासनिक व्यवस्थापन लाद्न खोज्ने प्रवृत्ति लाई अविलम्ब बन्द माग समेत विज्ञप्तिमा आग्रह गरिएको छ ।

विज्ञप्तिमा २०८१ चैत्र २५ गतेभित्र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिलाई सुनिश्चित गरी कार्यालय सञ्चालनको प्रबन्ध नभएमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

बालेनले भने प्रशासकीय अधिकृत नियुक्त नहुनुमा सरकारलाई दोष दिँदै आएका छन् । पछिल्लो समय मात्रै उनले यस विषयमा सरकारलाई लक्षित गर्दै दुई अभिब्यक्ति सार्वजनिक गरेका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध महानगरका कर्मचारीले बनाएको राय प्रतिवेदन मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै गुरागाईंलाई भ्रष्टाचारीको संज्ञासमेत दिएका छन् ।

‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने ? माथिको कुरा गलत भए मलाई जेल हाल,’ उनले फेसबुकमा लेखेका छन् ।
यसअघि उनले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका थिए । उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सरकारकै दम्भका कारण विगत तीन महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताउँदै यस्तो चेतावनी दिएका हुन् ।

‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले,’ उनले फेसबुकमा लेखेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !’ उनले लेखेका छन्, ‘त्यो पछि हेरौंला तिमीहरूको के के तन्त्र हो !

बालेनको यो अभिब्यक्तिलाई नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले समाजलाई नभड्काउन चेतावनी दिएको छ। युवा संघको महानगर कमिटीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग माग पनि गरेको छ।

आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरूमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिक संजालमा लाइक बटुल्नका लागि स्तरहीन अभिव्यक्ति नदिन र समाज नभड्काउन पनि युवा संघले सचेत गराएको छ।

“आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरूमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिक सञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र तथ्यलाई अतिरन्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन हामी सचेत गराउँछौ र कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top