×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

८ पुष , काठमाण्डौ ।

गएको निर्वाचन र अबको फागुन २१ को निर्वाचनमा प्रमुख वैकल्पिक शक्तिका रुपमा हेरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र युवामाझ लोकप्रिय रहदै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीचको ६घण्टा लामो भेटवार्ताले ठूलो राजनीतिक तरङ निम्ताएको छ।

जेनजी आन्दोलनको माग सम्बोधनका लागि पनि वैकल्पिक शक्तिहरु बीच एकता हुनु पर्ने जेनजीहरुकै भावना अनुरुप रविले एकताको पहल कदमी लिदै बालेनलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा होमिने तयारी गरेको संचार भएपछि यसले राजनीतिक माहोललाई नै थप तताएको विश्लेषण गरिएको छ।

रवि र बालेनबीचको मध्यरातसम्मको घनिभूत छलफलमा उठेका विषय र सहमतिका खाका बारे विभिन्न दाबी भइरहेका बेला राजसंस्थाको वकालत गर्दै जनमत संग्रहको माग गर्दै आएका नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले भने रवि र बालेनको भेटलाई विदेशी खेलको ट्याग भिराइदिएका छन् ।

उनले सामाजिक संजालमार्फत बालेन–रवि भेट कुनै संयोग मात्र नभइ यो विदेशी शक्तिको योजनाबद्ध भित्री खेल रहेको टिप्पणी गरेका छन् । साथै प्रसाईंले मध्यावधि निर्वाचन नभइ जनमत सग्रह आवस्यकता रहेको र नेपाल बचाउने हो भने जनमतसंग्रह गर्नुपर्ने नभए नेपाल क्रमशः टुक्रिँदै जाने राष्ट्रहितविरुद्धको गम्भिर टिप्पणी गरेका छन् ।

प्रसाईले सामाजिक संजालमा लेखेका छन्, नेपालको राजनीति सन् २००४ साल पछि पश्चिमाको डिजाइनमा कांग्रेस र कम्ननिस्टको उदय गराउदै, आफ्नो शक्तिको प्रभावमा राख्न सफल हुदै गयको छ । पुराना दलदेखि अहिले उदाएका डा गोविन्द केसीको अनशनको जगमा उभिएको विवेकशील साझा पार्टी र सो पार्टीका सम्पर्ण कार्यकर्ता, रविको रास्वपा र बालेनको वरपरी हुनु सयोग मात्र होइन। सिंहदरबारदेखि सम्मानित सर्वोच्च अदालतसम्म आगो लगाउन लाउने चर्चित अनुहारसम्म प्रयोग भयको हामीले पहिले नै भिडियो सार्बजनिक गरिसकेका छौ। संविधान, धर्मनिरपेक्षता र संगीयता र राजसस्था , राजनीतिक प्रयोगको नाममा राष्ट्रिय स्वाधीनता कमजोर पार्ने खेल निरन्तर चलिरहेको छ। नेपाल कसैको पनि रणनीतिक प्रयोगशाला बन्नु हुँदैन। बालेन–रवि भेट कुनै संयोग मात्र होइन, यो विदेशी शक्तिको योजनाबद्ध भित्री खेल हो। मैले त्यसको प्रमाण भिडियोमार्फत सार्वजनिक गरिसकेको छु र अझै धेरै तथ्यहरू भिडियोमार्फत बाहिर ल्याउने तयारी अन्तिम चरणमा छ । सत्य लुक्दैन—समय नजिकिँदैछ।अहिले भनेको मध्यावधि निर्वाचन होइन जनमत सग्रह आवस्यकता हो, नेपाल बचाउने हो भने जनमतसंग्रह अनिवार्य छ। नत्र नेपाल क्रमशः टुक्रिँदै जानेछ। नेपाली हरु बिदेशिदै जाने छन् व्यापार व्यवसाय सबै बन्द हुदै जाने छन् सबै नेपालीहरु समयमै सचेत बनौँ, चेतना नलिए भविष्य अन्धकार तिर जानेछ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले देशमा विद्यमान पुराना राजनीतिक दलहरूको सिन्डिकेट तोड्न सबै वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्।

बर्दिया जिल्लाको विस्तारित बैठकलाई आज सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङजस्ता परिवर्तनका प्रतीक पात्रहरूलाई साथमा लिएर अघि बढ्ने बताए ।

उनले पार्टी सभापति रवि लामिछाने कारागारबाट बाहिरिएपछि पुराना राजनीतिक दलहरू आत्तिएको आरोप लगाउँदै फागुन २१ मा तोकिएको निर्वाचन सार्ने कुचेष्टा भइरहेको दाबी गरे।

बालेन र रविब अब एउटै गाडीमा देशहितका लागि अघि बढ्ने सहमति भएको उनीहरु निकट नेताहरुले बताएका छन् ।सोमबार बिहान भेटवार्ता गरेका लामिछाने र शाहबीच साँझ पनि मध्यरातसम्म रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित कार्यालयमा छलफल भएको थियो ।

संवादले दुई नेतालाई मिलनको विन्दुमा पु¥याएको शाहले बताएका छन् । रवि–बालेनलाई एउटै गाडीमा बिदा गरेपछि राति १ः४२ बजे उनले फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’

उनीहरु बीच यसपटकको चुनावमा बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउन रवि सकारात्मक बनेको अर्को चुनावमा भने बालेनले रविलाई सघाउने बारेमा निर्णायक छलफल भएको स्रोतको दाबीछ ।

‘वान अन वान’ वार्ताका विषय औपचारिक रुपमा सार्वजनिक भएका छैनन् । तर उनीहरु निकट स्रोतले भने आगामी राजनीतिक यात्रा सँगसँगै गर्ने समझदारी बनेको बताएका छन् । बालेन र रविबीच एउटै पार्टी बनाएर अघि बढ्ने र शक्ति बाँडफाँट कसरी गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।

छलफलमा यसपालि बालेनलाई भावी प्रधानमन्त्री बनाउन रविले सघाउने र अर्को चुनावमा रविलाई बालेनले सघाउने समझदारी बनेको उनीहरु निकट स्रोतको भनाइ छ। स्रोतका अनुसार बालेन रास्वपाको घण्टी चुनाव चिह्नलाई स्वीकार्न पनि तयार देखिएका छन् ।

बालेनसँग एकता र शक्ति बाँडफाँटमा रवि लचिलो देखिएका छन् । भैरहवा कारागारबाट मुक्त भएपछि चितवनको चौबिसकोठीमा आयोजित सार्वजनिक कार्यक्रममै रविले देश बन्ने सर्तमा आफू सबै त्याग्न तयार रहेको बताएका थिए ।

चितवनबाट काठमाडौं फर्किएलगत्तै रवि भेटघाटमा व्यस्त भएका थिए । सुरुमा जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पताल पुगेर भेटेका उनले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई पनि भेटेका थिए ।

त्यसपछि पुस ६ गते बालेन र रविबीच असिम साहको घरमा संक्षिप्त भेटवार्ता भएको थियो । त्यहीबेला अर्को चरणको भेटवार्ताबारे सहमति भएको थियो । सो सहमति अनुसार गएराति उनीहरुबीच लामो छलफल भएको छ ।

रवि र बालेनबीच जेनजी युवाहरुको भावना समेट्ने गरी कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबारे पनि छलफल गर्ने समझदारी बनेको नेताहरुको भनाइ छ। बालेनलाई यसअघि नै कुलमानले भेट गरिसकेका छन् । रविको पहलमा वैकल्पिक शकितहरु बीच एकताका लागि सुरु भएको पहलबाट जेनजीहरु समेत आशावादी बनेका छन् ।

यसअघि कतिपयले उज्यालो नेपाल पार्टीको नेतृत्वमा आउने आंकलन गरिएका कुलमान घिसिङले रवि लामिछाने जेलमै भएका कारण आफूलाई पार्टी नेतृत्व दिन माग गरिएको खबरहरु आएका थिए।

तर रास्वपा र उज्यालो नेपाल पार्टीका नेताहरूले यसको पुष्टि गरेका छैनन्। अब रवि पनि सभापतिको जिम्मेवारीमा फर्किसकेकाले निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत चयन हुने ११० जना उम्मेदवारका लागि बन्दसूची पेस गर्ने अन्तिम समयसीमा पुस १४ गतेसम्म दिएको अवस्थामा त्यसअघि नै एकता वा तालमेलबारे टुङ्गो लगाउने प्रयासमा आफूहरू रहेको छलफलमा संलग्न नेताहरूले बताएका छन्।

पुराना दललाई धक्का दिने हो भने नयाँहरू मिल्नैपर्ने लामिछानेको विश्लेषण छ। त्यही भएर नख्खु कारागारमा रहँदा पनि घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उनको टिमसँग संवाद गर्न उनले कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्ले र शिशिर खनाल लगायत नेतालाई जिम्मा दिएका थिए।

रविको यो सक्रयताकै समयमा जेनजी आन्दोलनका कारण सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली भने सत्तारोहणको सपना बाँड्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेका थिए ।

दुई नेता पछिल्लो समय संसद पुर्नस्थापनाका लागि सर्वाेच्च जाने विषयमा एक भइसकेका छन् । एमालेले संस्थागत रुपमा संसद पसर्नस्थापनाको एजेण्डा अघि सारेपनि कांग्रेसले चुनावमा जाने संस्थागत निर्णयका बीच पूर्वसांसदहरुलाई सर्वाेच्च पठाइसकेको छ ।

ओली तेस्रोपटक अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक देउवानिवास पुगेका हुन् । यसअघि १९ मंसिरमा पनि दुवै नेताबीच भेटवार्ता भएको थियो । ओली र देउवासँगको यसअघिको भेटवार्तापछि कांग्रेसको संस्थापनपक्षका सांसदहरूलाई संसद पुनस्र्थापनाको पक्षमा हस्ताक्षर गर्न दबाब बढेको नेताहरूले बताएका थिए ।

नेकपा एमाले संसद पुनस्र्थापनाको मागलाई प्रमुख मुद्दा बनाएको छ । वर्तमान सरकारले चुनाव गर्न नसक्ने भन्दै ओली निरन्तर सार्वजनिक रुपमा सरकारविरुद्ध खनिरहेका छन् ।

जेनजीको एक समूह पनि निर्वाचनको विरुद्धमा सडकमै आएको छ । तर चुनावको घनिभूत तयारीका लागि राजनीतिक रफ्तार बढाइरहेका रास्वपा सभापति रविले भने संसद् पुर्नस्थापनाको सपना नदेख्न दलहरुलाई चेतावनी दिँदै तोकिएकै समयमा निर्वाचन गराउन सुशीला सरकारलाई आडभरोसा दिइसकेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top