×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बिन लादेनसँग अन्तर्वार्ता लिने चर्चित पत्रकार रोबर्ट फिस्कको निधन

१७ कार्तिक २०७७

१७ कात्तिक, डबलिन । मध्यपूर्व र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी लामो समय रिपोर्टिङ गरेका चर्चित पत्रकार रोबर्ट फिस्कको निधन भएको छ । आइरिस टाइम्सका अनुसार उनको शुक्रबार डबलिनस्थित सेन्टर भिन्सेन्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको केही बेरमै उनको मृत्यु भएको आइरिस टाइम्सले जनाएको छ । उनलाई पक्षघात भएको हुन सक्ने आशंका गरिएको छ । उनी ७४ वर्षका थिए ।

उनले ब्रिटिस अखबरा ‘द इन्डिपेन्डेन्ट’ का लागि द्वन्द्वग्रस्त मध्यपूर्वबाट लामो समय रिपोर्टिङ गरेका थिए । युद्ध्रग्रस्त क्षेत्रको रिपोर्टिङका लागि चिनिएका पत्रकार फिस्कले पत्रकारिताका लागि दिइने अरवेल पुरस्कार, ब्रिटिस प्रेस अवार्डलगायत थुप्रै पुरस्कार प्राप्त गरेका छन् ।

सन्डे एक्सप्रेसबाट पत्रकारिताको करियर सुरु गरेका फिस्कले सन् १९७२ मा द टाइम्सका लागि उत्तरी आयरल्यान्डको संघर्षको रिपोर्टिङ गर्न बेलफास्ट गएका थिए । सन् १९७६ मा उनी मध्यपूर्व मामिलाका संवाददाता बनेका थिए । लेबनानको राजधानी बेरुतबाट त्यहाँको गृहयुद्ध, इरानी क्रान्तिका साथै अफगानिस्तान–सोभियत संघ युद्ध र इराक–इरान युद्धको पनि उनले रिपोर्टिङ गरेका थिए । व्यवस्थापकीय टिमसँग मनमुटाव भएपछि सन् १९८९ मा उनले ‘द टाइम्स’ छाडेर ‘द इन्डिपेन्डेन्ट’ गएका थिए ।

आतंकवादी संगठन अल कायदाका ओसामा बिन लादेनसँग अन्तर्वार्ता लिने थोरै पत्रकारमध्ये पर्छन् फिस्क । उनले ओसामासँग तीन पटक अन्तर्वार्ता लिएका थिए । उनले सन् १९९० को दशमा बिन लादेनसँग तीन पटक अन्तर्वार्ता लिएका थिए । सन् १९९३ मा लिएको पहिलो अन्तर्वार्तामा फिस्कले बिन लादेनलाई ‘लजालु व्यक्ति’ को संज्ञा दिँदै ‘पहाडमा लड्ने एक मुजाहिद्दीन’ को रुपमा चित्रित गरेका थिए । सन् २००१ को सेप्टेम्बरमा अमेरिकामा अल कायदाले आक्रमण गरेपछि दुई दशकसम्म फिस्कले अफगानिस्तान, सिरिया, इराक, मध्यपूर्वलगायतका क्षेत्रबाट रिपोर्टिङ गरेका थिए । उनी अरबी भाषा पनि बुझ्ने र बोल्ने गर्थे ।

सन् १९७० देखि उनले मध्यपूर्व क्षेत्रबाट रिपोर्टिङ गरेका थिए । अमेरिका तथा इजरायलका अलावा पश्चिमा देशका विदेश नीतिको कडा आलोचना गर्ने फिस्क बेलाबेलामा विवादित बनेका थिए । सिरियाली राष्ट्रपति बसर अल असादको पक्ष लिएको भन्दै उनको आलोचना हुने गरेको छ ।

झन्डै पाँच दशकसम्म बाल्कन, मध्य पूर्व, उत्तरी अफ्रिकाबाट युद्धग्रस्त क्षेत्रबाट रिपोर्टिङ गरेका फिस्कलाई सन् २००५ मा न्युयोर्क टाइम्सले ‘बेलायतका सम्भवतः सबैभन्दा प्रसिद्ध विदेश मामिला संवाददाता’ को संज्ञा दिएको थियो ।

सन् १९४६ मा उनको जन्म केन्टको माइडस्टोनमा भएको थियो । पछि उनले आयरल्यान्डको नागरिकता लिएका थिए । आयरल्यान्डका राष्ट्रपति आइतबार फिस्कको निधनमा ‘गहिरो दुःख’ व्यक्त गरेका छन् । साथै फिस्कको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको आयरल्यान्डका राष्ट्रपति माइकल हिगिन्सले बताएका छन् ।

फिस्कले ‘द प्वाइन्ट अफ नो रिटर्न ः द स्ट्राइक ह्विच ब्रोक द ब्रिटिस अल्स्टर’, ‘पिटी द नेसन ः लेबनान एट वार’, ‘द ग्रेट वार फर सिभिलाइजेसन ः द कन्क्वेस्ट अफ द मिडिल इस्ट’ लगायतका विभिन्न द्वन्द्व र युद्धसम्बन्धी पुस्तक लेखेका छन् । कान्त्रिपुरबाट साभार ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top